आमाको कुटाई बालक घाइते

तनहुँ, २७ असार । आमाको कुटाईबाट तनहुँका एक बालक सख्त घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका– १० जुवालथर बस्ने टिकादेवि नेपालीको कुटाईबाट ५ वर्षिय छोरा सागर घाईते हुनु भएको हो ।

आगो फुक्ने ढुङ्ग्रोले प्रहार गर्दा बालक सख्त घाईते भएको र बालकको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । कुटपिट गरि घाईते भएका छोरालाई लिएर खोला किनारका शङ्कास्पद गतिविधी गरेको अवस्थामा स्थानीयले देखेपछि आमालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाईएको वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । वडाध्यक्ष भट्टराईले घाईते नावालकलाई उद्दार गरेर उपचारका लागि अस्पताल लगिएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेकी आमा टिकादेविले खाजा मागेर छोरा झगडा गरेको र केही छिन पख भन्दा नमानेपछि सामान्य कुटपिट गरेको बयान दिनु भएको ।

आमालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्या इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक भोजबहादुर पाण्डेले बताउनुभयो । बालकलाई वडासदस्य विमल राना र कुस्माखर खत्रीले उपचारमा सहयोग गरिरहेका छन् । आमाको कुटाईबाट बालकको टाउँको चोट लागेको छ ।

बालकको उपचारको लागि कलाकार संघको सहयोग

आमाको पिटाईबाट गम्भिर घाईते भएका बालक सागरको उपचारको लागि आर्थिक कठिनाई भएको छ ।

आर्थिक कठिनाई भएपछि उपचार गर्न सबैसँग सहयोगको अपिल गरिएको छ । बालक नेपालीलाई सोमबार तनहुँ कलाकार संघले आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार सिर्जना आले मागर र सदस्य मिना गुरुङले नेपालीको उपचार भईरहेको गण्डकी अस्पताल पोखरामा पुगेर पाँच हजार सहयोग गर्नु भएको छ ।

कलाकारितासँगै विभिन्न समस्यासँग जुधिरहेकाहरुलाई आर्थिक सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको संघले तनहुँका विभिन्न रोगि र पिडीतहरुलाई सहयोग गर्दै आएको छ । संघका अध्यक्ष गौतमले संस्थालाई नेपालीको उपचारका लागि सहयोग गर्न आर्थिक संकलन अभियान सु्रु गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button