दुई दिनमा ५८ संक्रमित थपिए

दमौली खबर संम्बददाता


भदौ ६, दमौली । पछिल्लो दुई दिनमा तनहुँमा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ३५ जना र शनिबार २३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार जिल्लाका १८ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार ८२ जनामा गरिएको परिक्षणमा ९ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सङ्क्रमणबाट तनहुँमा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्देकी एक महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । म्याग्दे–२ की ७६ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा शुक्रबार मृत्यु भएको शनिबार जारी विज्ञप्तीमा उल्लेख छ । उनमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button