श्रमिकको हकहितमा आवाज उठाउदै टे«ड युनियन

दमौली खबर सम्वाददाता
मंसिर २० दमौली ।गत चैत ११ गते सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन)ले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरु मारमा परेका थिए । लकडाउन पछि त झन कयौ श्रमिकले रोजगारी गुमाएका छन् । लकडाउनको सुरुवाती समयमा केही राहतस्वरुप खाद्यान्न पाए पनि लकडाउन खुलेपछि न त रोजगारी छ नत राहत नै ।

 

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले श्रमिकको श्रम खोसेको छ। जसले गर्दा दैनिक काम नगरे छाक टार्न मुस्किल हुने श्रमिकलाई कोरोना भाइरसको त्रासले नराम्ररी प्रभावित बनाएको छ। लकडाउन पछि पनि श्रमिकले पहिलाको अवस्था जस्तै गरि श्रम गर्न पाएका छैनन् । यसैबीच नेपाल टे«ड युनियन काँगे्रस तनहँुले लकडाउन पछि मजदुरमा परेको असरबारेमा छलफल गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेपाली काँगे्रसले श्रमिकको हकहितमा लाग्नु पर्ने बताए । उनले भने,‘लकडाउन पछि पनि श्रमिक मारमा परेका छन्। यसको आवाज टे«ड न्युनियनले उठाउदै आएको छ । यसलाई निरन्तरता दिन आवश्यक छ । ’ छलफलमा श्रमिकको न्युनतम ज्याला निर्धारण गर्न,सातवटै प्रदेशमा श्रमिक अस्पतालको निर्माण, स्वास्थ्य शिक्षामा देखिएको विभेदको अन्त्य र राज्यको विभिन्न तहमा श्रमिक वर्ग प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिइएको नेपाल ट्रेड युनियन कांग्रेस तनहँुका अध्यक्ष सुर्यचन्द्र हड्खलेले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button