दरै समुदायलाई चल्ला उपहार

दमौली खबर सम्वाददाता
मंसिर २० दमौली ।व्यास १० दुम्सीचौरका दरै समुदायलाई रोट्राक्टक क्लबले चल्ला वितरण गरेको छ । रोट्राक्यक क्लब अफ रुद्रमती बबर्महल काठमाडौंले ’अपलिफ्त द लाईभस’ बन्ने प्रोजेक्ट अन्तर्गत दरै समुदायलाई चल्ला तथा सरसफाइ सामाग्री बितरण गरेका हुन् । दरै समुदायका व्यक्तिहरुलाई आर्थिक वृद्धिकोलागी र यस कोरोनको समयमा आफुलाई सुरक्षा राख्नको उक्त प्रोजेक्टको कार्य सुरु गरिएको हो ।कार्यक्रममा दुम्सी समुदायको २६ घर परिवारलाई ५÷५ वटा चल्ला बितरण गरिएको थियो ।

बाँकी परिवारलाई दोस्रो चरणमा वितरण गर्ने भएको छ । त्यस्तै कार्यक्रममो ५० घर परिवारलाई साबुन, रुमाल, सेनिटाईजर , मन्जन लगायत सरसफाइका सामान बितरण गरिएको थियो । वडा अध्यक्ष तुलसीराम सापकोटा, आदिवासी जनजाती युवा महसंघ तनहुँका पुर्व अध्यक्ष यवम कार्यक्रम सहयोगी वीर बहादुर दरै, दुम्सी नमुना ग्राम माथिल्लो टोल बिकास संस्थाका अध्यक्ष नन्दलाल पौडेल ,दुम्सी दरै गाउ समुदाय इकाइ समितीको अध्यक्ष तुल बहादुर दरै , दुम्सी दरै गाउ आमा समुहका अध्यक्ष लरी माया दरैको उपस्थिती रहेको थियो । रोट्रक्यक क्लब अफ रुद्रमती बबर्मह काठमाडौंका अध्यक्ष रो. ऋृषि कडरियको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रो. पृथ्वी श्रेष्ठले कार्यक्रमको संयोजक गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button