अधिकारीको नाटक र गजल संग्रहको लोकार्पण

 

दमौली खबर सम्वाददाता
मंसिर २० दमौली ।दमौलीमा सक्रिय रहेका साहित्यकार आकाश अधिकारीद्धारा लिखित दुई वटा गजल संग्रह र नाटकको एकैदिन लोकार्पण गरिएको छ । शनिबार व्यासनगरपालिकाको सभा हलमा एक कार्यक्रम आयोजना गदै ‘आकाश खुल्दैछ ‘ र ‘बिस्कुन बालुवाको’ नाटक संग्रहको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार डिल्लीराम मिश्र तथा लेखककी आमा बसुन्धरा अधिकारीबाट संयुक्त रूपमा पुस्तक लोकार्पण गरिएको हो ।कार्यक्रममा बोल्दै मिश्रले समसामयिक विषयलाई पुस्तकको रुपमा रुपान्तरण गर्नु ठुलो कुरा रहेको बताए । त्यस्तै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले समाज रूपान्तरणका लागि पुस्तक प्रकाशनले सहयोग पुग्ने बताए । साहित्यकारहरू डा.ईश्वरचन्द्र वाग्ले, शेषमणि आचार्य, काशीनाथ न्यौपाने, ताराप्रसाद श्रेष्ठ, पिएल श्रेष्ठ, गौकुमारी न्यौपाने लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा गितल राष्ट्रिय पुरस्कार २०७६ र गितल प्रतिभा पुरस्कार २०७६को लागि छनौट पनि गरिएको थियो । जसअन्र्तगत गितल राष्ट्रिय पुरस्कार कवि सुदेश सत्यानले पाएका छन् । त्यस्तै गितल प्रतिभामा लोक गायक वसन्त वि.कले पाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button