गठबन्धनको बिरुद्ध बोल्न हुँदैन ः के. स. भण्डारी

दमौली खबर संवाददाता
तनहुँ, भदौ १५  । नेपाली काँग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गरेको छ । अभियान कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो । सो अवसरमा के.स. भण्डारीले गठबन्धनको बिरुद्धमा कार्यकर्ताले बोल्न नहुने बताउनुभयो ।
गठबन्धन गर्नु बाध्यता र आवश्यकता भएको उहाँको भनाईं थियो  । आफ्नो पार्टी तर्फबाट उम्मेदवार बनेको मात्रै नभई गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेको प्रचार गर्नु पर्ने नेता भण्डारीको भनाई थियो । ‘काँग्रेस र गठबन्धनलाई जिताउने सामुहिक दायित्व हो भन्ने कुरा भुल्न हुँदैन’ भण्डारीले भन्नुभयो । केन्द्रीय कार्य समितिको निर्णय र सहकार्य गरी स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको  गठबन्धनकै आधारमा सङ्घ र प्रदेशको चुनाव हुने उहाँले स्पष्ट पार्नुभयो । साथै भण्डारी यो व्यक्ति ठिक यो बेठिक भनेर समाजिक सञ्जालमा राख्न कार्यकर्ताले उपयुक्त नभएको बताउनुभयो । पार्टीले जसलाई टिकट दिन्छ उसैलाई जिताउनु पर्ने अहिले यो उम्मेदवारलाई टिकट दिनु आवश्यक छ भनेर भन्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस तनहुँका निर्बतमान सभापति वैकुष्ठ न्यौपाने, रघुनाथ पौडेल, जनताको साथमा काँग्रेस अभियानको व्यास नगर संयोजक प्रा.डा.कृष्णप्रसाद गौतम, व्यास नगरसभापति सूर्यचन्द्र हड्खले लगायतले गुट, उपगुटमा नलागी एकताबद्ध भएर चुनाव प्रचार जुट्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button