आदिवासी नगर समन्वयको अध्यक्षमा श्रेष्ठ

दमौली खबर संवाददाता
शुक्लागण्डकी  भाद्र ६  । आदिवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदको अध्यक्षमा तुलसीकुमारी श्रेष्ठ चयन हुनु भएको छ । खैरेनीटारमा सम्पन्न तेस्रो नगर अधिवेशनले चयन गरेको हो  ।समितिका उपाध्यक्षमा कुलकुमार कुमाल, सचिवमा सुमन आले मगर, सह सचिवमा सुरेन्द्र तामाङ र कोषाध्यक्षमा कुलबहादुर भुजेल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा विष्णुबहादुर राना, विर्सना श्रेष्ठ, दिलमाया कुमाल, पदमबहादुर भुजेल, दोकबहादुर तामाङ र दिपक ज्वारचन रहेका छन् ।
समितिमा चार सदस्यीय पछि थप गर्ने गरि अधिवेशन मार्फत ११ सदस्यीय समिति गठन गरेको हो । अधिवेशनलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरालाई घर्तीले आदिवासीको संस्कृति देशको पहिचान भएको सबै मिलेर संरक्षण गर्नु पर्ने बताउनुभयो । जोगाउनुपर्नेमा जोड दिनुभयो । संस्कृतिलाई आम्दानीसँग जोड्न सक्ने दिगो बन्ने दावि गर्दै अध्यक्ष घर्तीले शुक्लागण्डकीमा केही बर्ष अघि आयोजना गरिएको आदिवासी सास्कृतिक महोत्सवलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button