परिक्षण नगराई कोरोना निको !

तनहँुमा मंगलबार पाँच जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । जसमा व्यासमा दुई,ऋषिङ, बन्दिपूर र शुक्लागण्डकीमा १÷१ जना संक्रमित थपिएका हुन् । यो सँगै तनहँुमा संक्रमितको संख्या एक हजार दुई सय ७४ पुगेको छ । जस अन्तर्गत आठ सय ८६ संक्रमित उपचार पश्चात निको भई डिस्र्चाज भएका छन् भने दुई सय २३ सक्रिय संक्रमित रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार सक्रिय संक्रमित मध्ये दुई सय ११ जना होम आईशोलेसनमा रहेका छन् । स्वास्थ्य निर्देशनालयले आईशोलेसनमा बसेका संक्रमितलाई १४ दिन पछि बिना परिक्षण डिर्चाज गर्ने भनेपछि धेरै जसो संक्रमित होमआइशोलेसनमा बस्न रुचाएका छन् ।

कार्यालयमा प्रमुख शंखरबाबु अधिकारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो। ’लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे’ उनले भने, ’घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो। छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ।’ यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ। लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ।

लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख अधिकारी बताउछन्। होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ। घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ। व्यासका ८५ जना संक्रमित होमआईशोलेसनमा रहेका छन् । २७ महिला र ५८ पुरुष गरि व्यास ८५ जना सक्रिय संक्रमित होमआइशोलेसनमा रहेका छन् । त्यस्तै भानुका ९ महिला र १८ पुरुष गरि कुल २७ संक्रमित होमआईशोलेसनमा बसेका छन् ।

त्यस्तै शुक्लागण्डकीका ४ पुरुष र १६ महिला गरि कुल २० संक्रमित, भिमादका ९ महिला र १३ पुरुष गरि कुल २२, म्याग्देका ६ पुरुष र दुई महिला गरि ८, घिरिङका तीन पुरुष, ऋषिङका ९ पुरुष, देवघाटका एक महिला,बन्दिपूरका ३ महिला र ९ पुरुष गरि कुल १२ र आँबुका १० पुरुष ४ महिला गरि कुल दुई सय ११ जना सक्रिय संक्रमित होमआईशोलेसनमा बसेका छन् । जिल्लामा रहेको ७ वटा आईशोलेसनको एक सय ५८ बेडमा २० पुरुष र २ महिला गरि कुल २२ सक्रिय सक्रमित रहेका छन् । हाल सम्म जिल्लामा ११ हजार ९ सय १५ जनाको स्वांब संकलन गरि परिक्षण गर्दा १० हजार ६ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तनहँुमा मात्रै कोरोना बाट ज्यान गुमाउनेको संख्या १७ रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button