खनालको प्रचारको बस्नेत तनहुँमा

दमौली खबर संवाददाता

दमौली, वैशाख ६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पुर्व अध्यक्ष महेश वस्नेत तनहुँ आउनु भएको छ । वैशाख १० गते हुने निर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई मत माग्न आउनु भएको हो । सर्वेन्द्रको पक्षमा मत पार्न हरेक वुथमा १०० जनाको युवा दस्ता खटाईने बस्नेतले बताउनुभयो । यो निर्वाचमा एमालेलाई घेरावन्दी गर्नका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति लागेको हुदाँ त्यसलाई चिर्नका लागी एमालेले हरेक वुथमा १०० युवा खटाईने उहाँको भनाई थियो । सो कुरा वस्नेतले चुनावी अभियानको सन्र्दभमा देवघाटमा आयोजित कार्यकर्ता भेलाको सन्र्दभमा वताउनु भएको हो ।

एमालेले देशमा खेलेको भुमिकालाई लिएर विपक्षी पार्टीहरु आत्तिएको सन्र्दभमा एमाले नै जनताको पार्टी भएको समेत वस्नेतले वताउनुभयो । एमालेले गएको मंसिरको चुनावमा घेरावन्दी तोडेर पनि जनताको शक्ति वनेको छ । देश र राष्ट्रियताको पक्षमा खेलेको एमालेको भुमिकाले नेपाल र नेपाली जनताको शिर उँचो वनाएको छ । जस्तो सुकै घेरावन्दी तोड्न पनि एमाले र युवा संघ तैयार छ, वस्नेतले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button