चुनावी सभामा सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज तनहुँ आउने

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ६

पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि आज तनहुँको चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी वैशाख ७ गते गठबन्धनले चुनावी सभा गर्ने नेपाली कांग्रेसका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उपनिर्वाचनमा विजयी गराउन सभा गर्न लागिएको प्रवक्ता वाग्लेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button