व्यासमा बढ्दो कोरोना ग्राफ

व्यास नगरपालिकामा कोरोना ग्राफ बढ्दो रहेको छ ।पछिल्ला दिनमा नगरपालिकामा दिनप्रति दिन संक्रमितको संख्या बढदै गएको । बिहिबार मात्र नगरपालिकाका १० जना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार बिहिबार तनहँुमा ११ जना संक्रमीत थपिएका छन् । जसमा व्यासका मात्रै १० जना संक्रमीत रहेका छन् । व्यास १ का दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै व्यास २, ४ र५ मा क्रमशः एक पुरुष, तीन महिला र एक पुरुष र एक पुरुष थपिएका छन् । थपिएका मध्ये विदेशबाट आएर क्वारेन्टिनमा बसेका तीन जनामा संक्रमण देखिएको छ भने अन्य समुदायका रहेका छन् । त्यस्तै अर्की २४ वर्षिया महिलामा पनि संक्रमण पुष्टि भएको छ । तर उनको ठेगाना भने खुलेको छैन । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गराउदाँ संक्रमण पुष्टि भएको हो । यो सँगै व्यासमा कोरोना संक्रमीतको संख्या एक सय ५४ पुगेको छ । जसमा ७० जना निको भई घर फर्किएका छन् भने ८२ जना संक्रमीत उपचाररत रहेका छन् । व्यास ४९ जना होमक्वारेन्टाईनमा रहेका छन् । व्यासका तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । दुई हजार ४९ जनाको स्वांब संकलन गरिएकोमा १ हजार ७ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सांसद गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद गुरुङलाई ज्वरो आएपछि काठमान्डौंमा गरिएको स्वास्थ्य परिक्षणमा बुधबार संक्रमण पुष्टि भएको हो । सामाजिक संजाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनि हाल कान्तिपुर अस्पतालमा उपचाररत रहेका छन् । तनहँु क्षेत्र नं १ (क)का प्रदेश सांसदमा गुरुङ निर्वाचित भएका थिए । विकास निर्माणको अनुगमनको क्रममा आफुमा कोरोना संक्रमण पुष्टि भएको खउनले बताए । उनले आफनो सम्र्पकमा आएकाले सर्तकता अपनाउन र कुनै समस्या देखिएमा स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button