खुल्ला मैदान जोगाउन हस्ताक्षर संकलन अभियान गरिने

दमौली , ९ चैत । दमौलीको खुल्ला मैदान जोगाउन हस्ताक्षर संकलन अभियान गरिने भएको छ ।

खुल्ला मैदानलाई माँसेर संरचना निर्माण कार्य अगाडि बढाए सगै सो कार्य रोक्नका लागि दबाब दिन स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाले हस्ताक्षर संकलन अभियान अगाडि बढाएको हो । शाखाले भोली बिहान ११ बजे हस्ताक्षर संकलन अभियान हुने जनाएको छ ।
स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाका अध्यक्ष खुल्ला मैदान आम सर्वसाधारणका लागि अपरिहार्य विषय भएको हुँदा यसको संरक्षण जरुरी रहेको बताउँछन् । खुल्ला मैदानमा संरचना निर्माण हुँदा भूकम्प लगायत अन्य प्राकृतिकको समयमा समस्या सिर्जना हुने अधिकारीको भनाई छ ।त्यस्तै खुल्ला मैदान नहुँदा जेष्ठ नागरिक र बालबालिका बिहान बेलुकाको समयमा सुरक्षित ढंगले हिड्न समेत निकै कठिन हुने अधिकारीको भनाई छ ।

खुल्ला मैदान सिङगो जिल्लाबासीलाई आवश्यक पर्ने हुँदा यसको संरक्षणमा जुट्न समेत अध्यक्ष अधिकारीले सम्पूर्ण जिल्लाबासीलाई अपिल गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button