जिल्लामा कोरोना संक्रमण देखिएपछि बन्दीपुर गाउँपालिका एक हप्ताका लागि सिल

जिल्लामा कोरोना संक्रमण देखिएपछि बन्दीपुर गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको निर्णय बमोजिम जोखिमलाई मध्येनजर गर्दै बुधबारबाट गाउँपालिका सिल गरिएको जनाइएको छ । गाउँपालिका एक हप्ताको लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार अत्यावश्यक बाहेकका अन्य कार्यलाई गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो । ‘अत्यावश्यक खाद्यान्न, तरकारी, दुध, पानी, वित्तीय संस्था, विकास निर्माणको सामग्री र कार्यहरु भने हुनेछन्, स्थानीय युवाको प्रयोग तथा सामाजिक दुरी कायम गरेर विकास निर्माणका काम, निश्चित समयावधि भएकाले कार्यालयका काम पछ्र्यौट गर्नुपर्ने कार्यहरु भने भइरहेको छ,’ गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भन्नुभयो ।पछिल्लो समय तनहुँमा पनि एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै गाउँपालिकाले सावधानी अपनाएर बन्दीपुर प्रवेशमा रोक लगाइएको अध्यक्ष थापाले बताउनुभयो ।
भीडभाडका कारण जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन बन्दीपुर सिल गरिएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाले पृथ्वी राजमार्गको मुख्य बजार डुम्रेमा पनि चेकजाँचमा कडाइ गरेको छ । जेठ २७ गतेसम्मका लागि गाउँपालिका प्रवेशमा रोक लगाइएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button