आमा समुहले निर्माण गरे शिवजीको मन्दिर

दमाली खबर संवाददाता
फागुन १०

व्यास नगरपालिका वडा नं ५ ठुलोटार मा रहेको सिर्जनशिल आमा समुहले शिवजिको मन्दिर निर्माण गरेका छन । व्यास ५ ठुलोटारको सिमलगैरामा नागेश्वर शिवालय मन्दिर निर्माण गरेका हुन् । करिब सात लाखको लगानीमा मन्दिर निर्माण गरिएको आमा समुहका अध्यक्ष सन्जु अधिकारीले बताईन् । उक्त क्षेत्रको आसपासमा शिवजीको मन्दिर नभएकाले आमा समुहको पहलमा मन्दिर निर्माण गर्यौ अध्यक्ष अधिकारीले भनिन् सबैको साथ र सहयोगले यो सम्भब भयो । उक्त मन्दिरको शिवरात्रीको अवसरमा आज उद्घाटन गरिएको छ । उक्त मन्दिरको उद्घाटन व्यासनगरपालिका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले गरे । कार्यक्रममा बोल्दै न्यौपानेले महिला दिदिबहिनीहरुको गरेको काम सहर्निय रहेको बताए । उनले महिला समुहहरुले पनि मिलेर विकास गर्न सकिन्छ भन्नि एउटा उदारणीय कार्य रहेको बताए ।

मन्दिर संरक्षणको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने उनले बताए । धार्मिक स्थल निर्माणसँगै विकासका अन्य क्रियाकलापहरु अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै उप–प्रमुख मिरा जोशी मन्दिरको थप विकासको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।समुहमा रहेको २१ जना सदस्यहरु बाट प्रति सदस्य १५ हजारको दरले तीन लाख १५ हजार रुपैया रकम संकलन भएको अन्य संघ संस्था तथा व्यक्तिको सहयोग बाट जम्मा पाँच लाख २७ हजार नौ सय २४ रुपैया रकम संकलन भएको समुहको सचिव …ले जानकारी दिईन् । व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ महिला दिदि बहिनीको सक्रियतामा मन्दिर निर्माण हुनु सकरात्मक रहेको बताए । नगरपालिकाले पनि मन्दिर संरक्षणका लागि आवश्वक पहल गर्ने उनले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button