बन्दिपुरमा एक हप्ता लकडाउन थपियो

दमौली
तनहुँको बन्दिपुरमा गाँउपालिकामा एक हप्ता लकडाउन थपिएको छ । समुदायस्तरमा फैलिएको कोरोनाको जोखिम अझै कायमै रहेको भन्दै गाँउपालिकाले एक हप्ताको लागि लकडाउन लम्बाएको हो । चैत ६ गते शनिबार देखि १२ सम्म गाँउपालिकाले लकडाउन लम्बाएको छ । गाँउपालिकाले यसअगाडी साउन ३० गते देखि ५ गतेसम्मलाई लकडाउन गरेको थियो । कन्टयाक्ट टे«सिङका आधारमा स्वाब संकलन गरी परीक्षणका पठाईएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता लकडाउन लम्बायइएको बन्दिपूर गाँउपालिकाका अध्यक्ष पूणिसिं थापाले बताए । गाँउपालिकाका वडा नं १,४ र ५ अन्र्तगत बजार तथा राजमार्ग क्षेत्रभित्र औषधीजन्य स्वास्थ्य सेवा, बैङका एटियम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न,बन्दीपूर गाँउपालिका अन्य वडा र बन्दीपूर बजार क्षेत्रमा यातायातका साधन पूर्ण रुपमा बन्द गर्न गाँउपालिकाले आग्रह गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button