तरकारी बेचेर गणीत हिसाब सिके

व्यास नगरपालिका वडा नं ३ स्थित महर्षिचोकमा एक चौतारा छ । चौतरामा बसेर एउटी सानी नानीले तरकारी पसल थापेकी छिन् । त्यो पसलमा तरकारी मात्रै होइन, फलफूल पनी छ । हरेक ग्राहकसँग उनले डिल गर्छिन् । कहिले भाउ मात्रै सोध्ने गाहक आउँछन् । केहिले किन्ने गा्रहक आउँछन् । सबै ग्रहाकसँग उनले उसै प्रकारले डिल गर्छिन् । अनी सडक पेटीमा थापेको पसलमा राखिएको केरा, टमाटर, घिरौला बेच्छिन् । हरेक दिन उनी आफ्नो हजुरबुवा लालबहादुर नेपालीसँग पसल थाप्न बजार पुग्ने गर्छिन्। विद्यालय बन्द भएकाले उनी आफ्नो हजुरबुवालाई सघाउने गरेकी हुन् । कोरोना भाइरस फैलने डरले सरकारले विद्यालय बन्द गरेको छ

। धेरै बालबालिका अहिले विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाएका बालबालिका घर परिवारका सदस्यसँगै मिलिजुली काममा सहयोग गरिरहेका छन् । ऋषिङ १ झापुटार निवासी १० वर्षीय गरिमा परियारले आफ्नो हजुरबुवालाई सघाउन दमौली बजार आउने गरेको बताइन् । कक्षा तीनमा पढ्ने गरेकी उनी कोरोना महामारीले गर्दा विद्यालय जान पाएकी छैनन् । गाउँमा फलेको तरकारी, केरा, टमाटर, घिरौला बिक्रि गर्न उनी हजुरबुवासँगै बजार आउने गरेकी हुन् । यसरी बजारमा तरकारी, फलफूल बिक्रि गर्दा उनले धेरै नयाँ कुरा सिक्ने अवसर पाइन् । ‘म मेरो बाजेसँग व्यापारमा आएको छु । फलफूल, तरकारी तौलेर, हिसाब किताब गरेर बाजेलाई सघाउने गर्छु । हिसाब किताब गर्न सिकेँ। घटाउन जोड्न जाने’उनले भनिन्–‘दिनभरी तरकारी, फलफूल बेच्छु ।

बिहान ६ बजे तिर आउछौं । साँझ जान्छौं ।’ तरकारी बेचेर आएको पैसाले किताब कापी किन्ने योजना उनले बनाएकी छिन् । ‘बाजेले किताव कापी किनिदिन्छु भन्नुहुन्छ । लकडाउनले गर्दा स्कुल जान पाइएको छैन । लकडाउन खुल्यो भने स्कुल जाने थिएँ । अहिले म बजारमै छु । बाजेलाई सहयोग गरिरहेको छु’ उनले भनिन्, ‘तरकारी पसलमा बस्न थालेपछि मान्छेसँग बोल्न सिकेँ ।’ नातिनीले सहयोग गर्न थालेपछि लालबहादुर खुशी र दंग छन् । गरिमा मात्र होईन व्यास ३ बिसघरेका दिनेश सापकोटा पनि आफनो हजुरआमा सँग फलफुल बेच्न बजार आउन्छन् । उनि पनि व्यास ३ स्थित रहेको गरिमा विकास बैंक अगाडी रहेको चौतरामा फलफुल बेच्न बस्छन् । सत्यवती माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने बताउने उनि लकडाउनले गर्दा विद्यालय जान पाएका छैनन् ।कोरोनाको महामारीले गर्दा अन्य क्षेत्र खुले पनि विद्यालय तत्काल खुल्न सकेका छैनन् । समयलाई बचत गदै बालबालिका आफनो अभिभावकलाई सहयोग गर्न थालेका छन् । अहिले बालबालिकाले आम्दानीको स्रोत खोज्ने विकास मात्र होईन सानै देखि परिवारलाई सहयोग गर्ने भावनाको पनि विकास भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button