संक्रमण फेला परेपछि भिमाद बजार सिल

भिमादमा शनिबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएलगतै मुख्य बजार सिल गरिएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षण अनुसार भिमाद २ मा ५ वर्षीया बालिका र ६ मा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भिमाद ६ र ७ मा सिल गरिएको हो । नगरपालिकाले एक सुचना सार्वजनिक गदै बजार क्षेत्र जोखीम रहेको भन्दै ६ दिनको लागि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले जानकारी दिए । उनका अनुसार भिमाद प्रवेश गर्ने सेती नदिको गर्ने मार्ग हुदै पेट्रोल पम्प हुँदै बागटार क्षेत्रमा अत्यावश्यक बाहेका सबै सेवा क्षेत्र बन्द गरिएको छ । साथै नगरवासीलाई उच्चरुपमा सावधानी अपनाउन आग्रह गरिएको छ । संक्रमीतको सम्र्पकमा आएको स्वांब संकलन गर्न थालिएको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button