अवैध क्रसर विरुद्ध सर्वदलिय एकता

तनहुँमा सञ्चालित रहेका अवैध क्रसरको बन्द गर्नको लागि सर्वदलीय एकता भएका छन् । आईतबार दमौलीमा बसेको सर्वसदलीय बैठकले जिल्लामा सञ्चालित रहेको अवैध क्रसरलाई बन्द गर्न प्रशासन र जिल्ला समन्वयको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको अध्यक्षतामा दमौलीमा बसेकोसर्वदलीय बैठकले जिल्ला अनुगमन समितिले निर्देशन दिंदासमेत अवैध क्रसर नरोकिएको भन्दै ध्यानाकर्षण गराएको कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिए । त्यस्तै बैठकमा कोरोनाको समस्या, समधान र व्यवस्थापन लगायत बाढी पहिरोको राहतको बारेमा छलफल भएको थियो ।त्यस्तै नजिकिदै गरेको चार्डपर्वलाई जिल्ला प्रशासन, प्रहरीले बनाएको योजनाहरुको बारेमा छलफल समेत गरिएको जनाईएको छ । सत्तारुढ नेकपाका अध्यक्ष एवंम् क्षेत्र नं २ का प्रतिनिधि सांसद केदार सिग्देल, सचिव राजेन्द्रकेशरी न्यौपाने, संघीय समाजवादीबाट केन्द्रीय सल्लाहकार कृष्ण घिमिरे तथा केन्द्रीय सदस्य एवं जिल्ला संयोजक देवेन्द्र थापा लगायत जिल्लाका शिर्ष नेताहरु सहभागीमा भएकाखे बैठकले जिल्लामा कोभिड रोकथाम र नियन्त्रणका लागि सचेतना फैलाउन कार्यकर्ता परिचालन गरिने बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button