संघियता पछिको पहिलो जनगणना तयारीको लागि अन्तक्रिया

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–०७८ का लागि तयारी सुरु गरेको छ । राष्ट्रिय जनगणना–०७८ को तयारी सन्र्दभमा दमौलीमा बिहीबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । कार्यक्रममा गणनालाई प्रभावकारी बनाउन स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संघसस्थाहरूसँग छलफल गरिएको थियो । यसपटकको जनगणना दुई चरणमा सञ्चालन हुने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए ।

पहिलो चरणमा परिवार सूचीकरण तथा दोस्रो चरणमा व्यक्तिगत गणना मूल प्रश्नावलीअनुसार गणना हुनेछ । जनगणनावाट संकलन भएका तथ्यांक देशको समाजिक तथा आर्थिक विकासका लागि योजना तर्जुमा तथा अध्ययन अनुसन्धान गर्न प्रयोग गरिने आधारभूत तथ्यांक भएकाले राष्ट्रिय जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रूपमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी सागर आर्चायले जनगणनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सरकारी तथा गैैरसरकारी संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना गरिने भएको हो । जेठको अन्तिम सातमा घरघरै पुगेर विवरण संकलन गरिँदैछ। जनगणनाको तयारी सम्बन्धी निकायले तीव्र रूपमा काम अघि बढाएको छ। यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन गरिने बताईएको छ ।

जनगणना अधिकारी सापकोटाले भने, ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो। यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, उनले भने, ‘आठ घरमध्ये एक घरलाई छनोट गरेर गरिन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ।’ १९६८ सालदेखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्व हुनेछ। ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहको जनगणना गरिनेछ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य राखिएको छ। संघीयतासँगै प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर जनगणना गरिने उनले बताए । विगतमा कागजी प्रविधिको मात्रै प्रयोग हुने गरेकोमा अब कागजीका साथै विद्युतीय र इन्टरनेट प्रविधिबाट समेत जनगणना हुने उनले जानकारी दिए। एनका अनुसार जनगणनाको लागि जिल्लामा करिब ६ सय कर्मचारी परिचालन हुनेछन्। जसमा पाँच सय गणक र एक सय सुपरिवेक्षक खटिनेछन्। गणकलाई वैशाखमा तालिम दिने तयारी रहेको उनले बताए। ‘हामीलाई सबैभन्दा ठूलो चटारो नै तालिममा छ’, उनले भने, ‘यति धेरैलाई तालिम दिनुपर्छ।’ यस पटक तीन किसिमका प्रश्नावली छन्।

विगतमा दुई किसिमका प्रश्नावली मात्रै थिए। वडास्तरसम्मै संकलन गर्नु भएको भएको सामुदायिक प्रश्नावली थप गरिएको छ। पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन्। यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ। मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन्। यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ। जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ। अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् ।

गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ। ‘अहिलेसम्म नेपालमा कति गाउँ, कति सहर छन् भन्ने अलमल नै छ। यसकारण गाउँ, सहर छुट्ट्याउने किसिमका प्रश्नावली छन्’, सापकोटाले भने । यसपटक जनगणनामा वैदेशिक रोजगारीको प्रश्न थप गरिएको छ। परिवारको सदस्यहरुमा को कुन देश गएको छ भन्ने प्र्रश्न समावेश गरिएको छ। वडास्तरसम्मै विवरण पठाउनुपर्ने भएको पूर्णगणना विधिबाट मात्रै विवरण संकलन गरिने उनले बताए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button