वर्षभरि पूग्ने शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग

भण्डै पाँच किलोमिटर टाढा रहेको विकसित डुमे्र बजार बाट कल्चोकलाई एक्ल्याएको थियो । पृथ्वीराजमार्गबाट तीन किलोमिटर टाढा रहेको भिडभाड डुम्रे बजार हुँदै पोखरा र काठमान्डौं हुँइकिने गाडीको चमकधमक यो गाउँमा अहिलेसम्म पुगेको छैन । गाउँका आधुनिक युवाहरु घुमाउरो बाटो हुँदै मोटरसाइकल भित्र्याउन्छन् । बन्दिपूर गाँउपालिका वडा नं ८ मा पर्ने कल्चोकमा रहेको जलदेवि प्राथमिकता विद्यालयका बालबालिका आर्थिकस्तर न्यून भएका परिवारका छन् ।


दलित समुदाय मात्र होइन ग्रैह दलितहरु पनि आर्थीक रुपमा विपन्न छन् । विद्यालयका विद्यार्थीलाई बर्षभरी पुग्ने कापी, कलम र झोलाको जोहो गर्नै मुस्किल पर्छ । तर तीनै विद्यार्थी विद्यालयमा जेहेनदार पनि छन् । तीनै विद्यार्थीलाई बिहिवार एक सामाजिक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । बन्दिपूर सहयोगी हातहरु नामक संस्थाले दलित, गरिब, जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीलाई झोला, कापी, कलम सामग्री वितरण गरिएको संस्थाको सचिव मनलता अधिकारीले जानकारी दिईन् । उनका अनुसार बाल शिक्षा देखि कक्षा ५ सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिकसामग्री प्रदान गरिएको हो ।

शैक्षिक सामग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे । दलित, जेहेनदार तथा अति विपन्न परिवारका बालबालिकालाई पनि अन्य बालबालिका सरह शिक्षाको पहुँचमा पु¥याउन शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष मथुरा पियाले बताए । यसले विद्यार्थीलाई विद्यालय आउन आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तरमा बृद्धि हुने उनको भनाई छ । काठमान्डौमा गएर बसेका बन्दिपूरका बासिन्दाहरु मिलेर उक्त संस्था सञ्चालन गरिएको सह–सचिव विमल भटराईले जानकारी दिए ।संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य रहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरसिंङ थापाले संस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button