बीपीको सम्झनामा वृक्षरोपण

दमौली खबर संवाददाता
साउन ०७, दमौली । नेपाली कांग्रेस तनहुँले संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा तनहँु जिल्लाभर बिभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृतिमा बुधबार सरसफाइ, वृक्षरोपण लगायतका काम समेत गरेको हो । बुधवार व्यास नगरपालिका वडा नं ११ को निर्बु ठाँउमा सरसफाई तथा बिरुवा गोडमेल गरिएको थियो । पार्टीको वर्डा नं ११ कार्यसमितिको आयोजनामा गरिएको कार्यक्रममा जिल्ला तथा केन्द्रिय तहका नेता तथा कार्यकर्ताले सरसफाइ पछि वृक्षरोपण गरि कार्यक्रम गरेर वीपीलाई सम्झेका थिए ।

व्यास ११ नेपाली काँगे्रस पार्टी सभापतित्वमा भएकोे कार्यक्रममा कांग्रेस जिल्ला सभापति एवंम् व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले वीपीले लोकतन्त्र र विधिको शासनकालागि खेलेको भूमिका अझै स्मरण योग्य रहेको बताए । उनले लोकतन्त्रको रक्षाकालागि अहिले पनि विधिको शासन चाहिएको बताए । संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेस को रुख चिन्ह र वि पि को चिन्तन बारे मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश सभासद दोबाटे बि क, नेपाली काँगे्रस व्यास नगरपालिका सभापति एवंम् जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले, जिल्ला समन्वयकी उपप्रमुख पवित्रा पौडेल, सह सचिब केश बहादुर सुनार, जिल्ला सदस्य ताराप्रसाद श्रेष्ठ, कृष्ण रुचाल, महाधिवेशन प्रतिनिधि श्याम मौराती , ने बि संघ केन्द्रीय सह महामन्त्री लक्ष्मी भक्त खनाल लगायतको उपस्थिती रहेको पार्टीका जिल्ला सचिव विश्व बास्तोलाले जानकारी दिए । त्यस्तै वडागत तहमा रहेका जिल्लाका नेपाली काँगे्रस पार्टीले पनि म्याग्दे गाँउपालिकामा वृक्षरोपण गरि विपीलाई स्मरण गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button