बन्दीपुरको आँधीखोलमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु, पाँच घाईते

दमौली खबर संवाददाता

तनहुँ, वैशाख २१ गते

तनहुँमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु भएको छ भने पाँच जना सख्त घाईते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भई बुधबार विहान ९ः२० भई दुई घरमा ठक्किदाँ दुर्घटना भएको हो । डुम्रे तर्फबाट मुग्लिन जादै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएको आठ मध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा पैदल यात्रीहरु र सोही घरका बस्ने गरी सो सङ्ख्यामा घाईते भएको मध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घाईतेहरुको तत्काल उद्धार गरी उपचारको लागी हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा तनहुँमा प्राथमिक उपचार पछि सबै घाइतेहरुको थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा उपचारको क्रममा बुधबार दिउँसो तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रनाउ खाँडका अनुसार बन्दीपुर वडा नम्बर १ स्थायी घर भई हाल सोही पालिकाको वडा नम्बर ५ निवासी, वर्ष १२ को आयुस भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको हो । सोही ठाउँका, वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाईते हुनु भएको छ । यस घटनाले पुरै गाउँ शोकमा डुबेको छ । मृत्यु भएपछि परिवारमा त रुवाबासी चलेको छ नै, गाउँलेहरू पनि शोकमा डुबेका छन् । अहिले मृतकका परिवालाई सन्त्वना दिने गाउँलेको घुइँचो लागेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button