तनहुँमा १७ हजार जनालाई ट्राफिक सम्बन्धी जनचेतना

दमौली खबर संवाददाता

दमौली, माघ २९

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १७ हजार ३ सय ३४ जना जनालाई ट्राफिक सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । जिल्लाभित्र हुने दुर्घटना न्यूनीकरण गर्न सरोकारवालाहरुलाई ट्राफिक सम्बन्धी जनचेतना जगाइएको हो ।

चालक यात्रु मैत्री कक्षा मार्फत सो संख्यामा ट्राफिक सम्बन्धी जनचेतना दिइएकोे ट्राफिक प्रहरीले जनाएको छ । विद्यार्थी, यातायात कर्मी, पैदल यात्रु, चालक सहचालकलाई ट्राफिक सम्बन्धी जनचेतना जगाएको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब निरीक्षक राजिव विष्टले जानकारी दिनुभयो ।

विष्टका अनुसार चालक यात्रु मैत्री कक्षामा मंसिरमा ४९ पटक कक्षा चलाउदा ५ हजार ४ सय ६२, पुसमा ६१ वटा कक्षा संचालन गर्दा ७ हजार १ सय २०, माघमा ४२ वटा कक्षा संचालन गर्दा ४ हजार ७ सय ५२ जनालाई ट्राफिक ज्ञान प्रदान गरिएको छ ।

३ सय ८६ जना विद्यार्थी, नयाँ चालक ९ सय जना, ३ हजार ९ सय ४६ जना चालक परिचालक, ३ हजार ७ सय ४८ जना सर्वसाधारण, अन्तरक्रियामा सहभागी ७३ जनालाई सो ज्ञान दिइएको उक्त कार्यालयले जनाएको छ ।

ट्राफिक जनचेतनामूलक ९ हजार २ वटा पर्चा वितरण गरिएको प्रनाउ विष्टले बताउनुभयो । पृथ्वी राजमार्गको मुग्लिन कोत्रे सडक खण्ड र भित्री तथा कच्ची सडक खण्डहरुमा हुने गरेको दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी, यातायातकर्मी, सर्वसाधारण, पैदलयात्रु, चालक, सहचालकलाई त्यस्तो किसिमको तालिम दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसै बिच सोही कार्यालयले मापसे सेवन गरेका २ हजार १ सय ८२ जनालाई कारवाही गर्दा १ लाख १८ हजार रुपियाँ राजश्व सङ्कलन भएको जनाएको छ ।

तीन महिनामै ७७ लाख राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले तीन महिनामै ७७ लाख ८० हजार ५ सय रुपियाँ राजश्व सङकलन गरेको छ ।

मंसिर, पुस र माघ महिनाको तेस्रो सातासम्ममा सो रकम राजश्व संकलन भएको सो कार्यालयले जनाएको छ । मंसिर महिनामा ३ हजार ६ सय सवारी साधनलाई कारवाही गर्दा २६ लाख ७७ हजार ५ सय, पुस महिनामा ३ हजार ७ सय वटा सवारी साधनलाई कारवाही गर्दा २९ लाख ७ हजार ५ सय, माघ महिनामा २ हजार ७ सय ४ वटा सवारी साधनलाई कारवाही गर्दा २१ लाख ९५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक राजिव विष्टले बताउनुभयो ।

ट्राफिक प्रहरीको इमान्दारिता र सक्रियताका कारण राजश्वमा बृद्धि हुदै गएको छ उनले भने । नियम विपरित गर्ने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही गर्न थालेपछि राजश्वमा बृद्धि भएको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button