सचिव पराजुलीद्धारा बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना

दमौली खबर  संवाददाता
दमौली, भदौ २५ । फाटो ग्राफर एशोसियसन तनहुँका सस्थापक सचिव विष्णु पराजुलीले आफ्नो बुबा र आमाको स्मृतिमा एक लाखको  अक्षय कोष स्थापना गर्नु भएको छ ।
  फोटोग्राफर एसोसियसन तनहुँको ११औं साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा पिता शालिकग्राम पराजुली र माता शिव पराजुलीको स्मृतिमा शालिकग्राम शिव फोटो अवार्ड शनिबार स्थापना गर्नु भएको हो । अक्षयकोषबाट प्राप्त व्याज नै पुरस्कार हुनेछ ।
प्रत्येक दुई दुई वर्षमा फोटो अवार्ड प्रदान गरिने अक्षयकोष स्थापना घोषणा कार्यक्रममा जानकारी दिईएको थियो । तनहुँमा क्रियाशिल पत्रकारहरुलाई फोटोग्राफी स्थापना दिवसमा उत्कृष्ट फोटोलाई एशोसियनले प्रदान गरिने पराजुलीले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button