विपी विचार समाजको अधिवेशन आज हुने

दमौली खबर संवाददाता
दमौली, १८ साउन । विपी विचार समाज तनहुँको १२ औं साधरण सभा तथा छैटौं अधिवेशन आज दमौली स्थित सन्तोष होटलमा हुने भएको छ ।
अधिवेशनको विपी विचार राष्ट्रिय समाजका सहसभापति तथा काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उद्घाटन गर्नुहुने भएको छ । अधिवेशनको तयारी पुरा भएको समाजका सचिव हरिशरण पण्डितले जानकारी दिनुभयो ।
जन्मदिनमा श्रेष्ठद्धारा फजुल खर्च कटाएर आश्रममा सहयोग
दमौली, १८ साउन । तनहुँका एक व्यक्तिले जन्मदिनमा फजुल खर्च कटाएर आश्रमलाई सहयोग गर्नु भएको छ ।
व्यास नगरपालिका वडा नम्बर २ सफासडक, दमौली निवासी कुमारमोहन श्रेष्ठले आफ्नो ६८ औँ जन्मदिनको अवसरमा बुधवार व्यास ५ चापाघाटमा रहेको बेदव्यास ज्येष्ठ नागरिक वृद्धआश्रममा रहेका बृद्धवृद्धालई सहयोग गर्नु भएको हो
तनहुँ उद्योग वाणिज्य संघका पूर्व महासचिव, सफासडक टोल विकास संस्थाका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध श्रेष्ठले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई पछ्यौरा ओढाई १५ हजार ५ सय ५५ सहयोग गर्नुभयो । श्रेष्ठले आश्रमका कार्यबहाक अध्यक्ष सकुन्तला आले, सचिव निर्मला मल्ल, कोषाध्यक्ष अरुणा श्रेष्ठ सहितलाई सयुक्त रुपमा एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गर्नु भएको थियो । त्यस अवसरमा बोल्दै श्रेष्ठले जन्मदिनमा फजुल खर्च गर्न भन्दा आश्रमलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । आश्रमका कार्यबहाक अध्यक्ष  आलेले जन्मदिनको अवसरमा सहयोग गरेको अवसरमा धन्यवाद दिनुभयो । मन्त्रजप्ने ओठभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भन्ने नाराका साथ २०७० सालबाट सुरु भएको यस आश्रममा हाल ४ जना वृद्धाबृद्धाहरु उक्त आश्रममा आश्रित रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button