कार्यकर्ताको योगदानलाई विर्सन नहुने पूर्वमन्त्री जोशीको भनाई

दमौली खबर संवाददाता
दमौली, १८ साउन ।
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कार्यकर्ताको योगदानलाई कहिल्यै विर्सन नहुँने बताउनु भएको छ । सो कुरा नेता जोशीले बुधबार व्यास नगरपालिका–१२ कमलबारी स्थित स्वर्गिय कौशिला शर्माको स्मृतिमा गरिएको शोक मन्तव्य व्यक्त  गर्दै सो धारणा राख्नु भएको हो ।
 नेपाली काँग्रेसको संगठनको लागि घाँसीकुवाको ठुलो योगदान रहेको दिवंगत मानिसले खेलेको भूमिका कहिल्यै नर्बिसन उहाँले आग्रह गर्नुभयो । ‘यहाँको ऐतिहासिक महत्वलाई यहाँका वासिन्दाले भुल्नु हुने छैन’ नेता जोशीले भन्नुभयो । कौशिला शर्माको परिवारसँगको आत्मिक सम्बन्ध रहेको नेता जोशीको भनाई रहेको थियो । दुःखसुखमा साथ दिनेमा आफू निरन्तर रुपमा लागिरहेको नेता जोशीको भनाई रहेको थियो । सो अवसरमा स्वर्गिय कौशिलाको छोरा महेन्द्रराज शर्मा र लगायतक परिवारजनलाई धर्यधारणा गर्न नेता जोशीले आग्रह गर्नु भएको थियो । शोक कार्यक्रममा  संविधान सभा सदस्य उर्मिला थापा, बीपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डित, समाजका सदस्य शुकमलाल गुरुङ, युवा नेता दीपकराज जोशी, समाजका सदस्य इन्द्रबहादुर दरै र ट्रेड युनियन काँग्रेस तनहुँका उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ सहभागी हुनुहुन्छ । स्वर्गिय शर्माको साउन ७ गते ७६ वर्षको उमेरमा निधन भएको थियो । उहाँको दुई छोराहरु महेन्द्रराज शर्मा, रबिन्द्रराज शर्मा छोरीहरु–निर्मला घिमिरे, मिना सापकोटा, कल्पना खनाल, विना कार्की हुनुहुन्छ ।
यसैगरी नेता जोशीले बुधबार नै तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुर निवासी स्वर्गिय राजु श्रेष्ठको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नु भएको थियो । सो कार्यक्रममा बीपी विचार समाजका सचिव पण्डित, युवानेता जोशी सदस्यहरु गुरुङ, दरै तथा  समाजका बन्दीपुरका सभापति प्रेमबहादुर बानियाँ, म्याग्देका सभापति विष्णुप्रसाद श्रेष्ठ लगायतका सहभागी भई समवेदना प्रकट गर्नु भएको थियो । नेता जोशी मंगलबार गृह जिल्लामा आउनु भएको छ । नेता जोशी निवासमा कार्यकर्ता भेटघाटको लागि भिड लागेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button