म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठको पानी चुहिने झुपडीमा बास

दमौली खबर संवाददाता
 तनहुँ, पुस ३ गते । सुविधा भोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना जनप्रतिनिधीले पानी चुहिने झुपडीमा बास बस्ने गर्नु भएको छ ।  म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरानो वर्षायाममा पानी चुहिने घरमा बसेर सामान्य तरिकाले जीवन जीउने गर्नु भएको छ ।
कतिपय जनप्रतिनिधीहरु पालिकाबाट आवास सुविधा लिएका पनि छन् तर अध्यक्ष सो सुविधा नलिई झुपडीमा बास बसेर उदाहरणीय काम गर्नु भएको छ श्रेष्ठसँग लोभ, लालच र कमाउ भन्ने भावना कत्ति पनि छैन । सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ गाउँपालिकाका अध्यक्ष श्रेष्ठ यसरी पानी चुहिने टिनको छानामुनी बस्छन भनेको सुन्दा । तर अध्यक्ष श्रेष्ठको घरमा पुगेपछि सबैलाई पत्याउन करै लाग्छ ।
आर्थिक अभावले गर्दा एउटा राम्रो घर बनाउन नसकेको श्रेष्ठले बताउनुभयो । ‘धेरै जसो जनताहरु राम्रो घरमा बस्न पाएका छैनन् त्यसैले म झुप्रोमा बस्दा दुःखी भएको छैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । नयाँ घर बनाउनको  लागि आवश्यक रकम जोहो गर्न  नसक्दा बनाउन नसकेको उहाँले जानकारी दिनुभयो । टिनको जस्ता मुनी पानी चुहिने भुइमा बस्नु परेपनि अध्यक्ष श्रेष्ठमा कत्ति पनि हिनता बोध भने छैन । उहाँ निर्धक्क साथ भन्छन यसमा मलाई कत्ति पनि दुःख छैन । इच्छा र चाहना त हुदो हो पक्की घर बनाएर बस्ने तै पनि म त्यो भन्दा पनि अहिले गाउँपालिकाबासीहरुलाई दिइने सेवा र सुविधालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमै चिन्तित छु’ श्रेष्ठले भन्नुभयो ।
वर्षामा पानी चुहिँदा दुःख भएपनि जनताको सेवाको लागि सन्तुष्ट भएको श्रेष्ठले बताउनुभयो । ‘आफूले दुःख काटेर भएपनि जनता र राष्ट्रको लागि सेवा गर्न पाउँदा खुसी लागेको छ’ श्रेष्ठले भन्नुभयो । जिन्दगी नै राजनीति र समाजसेवा लागेकोले आर्थिक स्रोत नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मर्मत गरेर पानी नचुहिने र शौचालय र बाथ व्यवस्थित किसिमको बनाउने चाहाना भने रहेको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button