तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास

दमौली खबर संवाददाता

तनहुँ, माघ १२ गते

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ ।

व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यामिक विद्यालयको दुई तले आठ कोठा भएको भवन आयोजनाले आफ्नो खर्चमा निर्माण सुरु गरिएको हो । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीको दिन भवनको शिलान्यास गर्नु भएको छ । सो अवसरमा न्यौपाने नयाँ भवनले पाटन क्षेत्रको पिछडिएका आदिवासी वर्ग तथा जनजातिका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाबाट लाभान्वित हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक रामदक्त पौडेलले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button