करेन्ट लागेर म्याग्देमा युवकको ज्यान गयो

दमौली खबर संवाददाता
तनहु, जेठ १५
तनह्ुँको म्याग्दे गाउँपालिका–६ अकला निवासी वर्ष २१ को बिमल थापाको करेन्ट लागेर ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले दिनु भएको जानकारी अनुसार घर देखी करीव १ किलो मिटर उत्तर तर्फ रहेको भब्बियोको रूखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । करेन्ट लागेर भुईमा लडिरहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारमा स्थित गिरीजाप्रसाद.कोईराला श्वास प्रश्वास केन्द्रमा. १६ः२५ त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खाँडले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button