मोटरसाईकल दुर्घटनामा चालक मृत्यु, दुई घाईते

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, मङ्सिर १० गते । तनहुँमा शुक्रबार राती भएको मोटर साईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई युवक घाईते भएका छन् ।
 घिरिङ गाउँपालिका– १ जगौलीटार स्थित कच्ची सडक खण्डमा बनटार बाट पुटार तर्फ आउदै गरेको लु.३९ प ५०९७ न.को मोटरसाईकल आफै अनियन्त्रित भई सडक करीब ५० मिटर तल भिरमा खसेर दुर्घटना भएर घाईते भएकाको चालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार बस्ने बर्ष २२ को सुनिल दरैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
पछाडी सवार सोही ठाउँका बर्ष २१ को खुम बहादुर राना र  बर्ष २१ को रामबहादुर कुमाल समेत तीनै जना घईते भएकोमा घाईते मध्ये मोटरसाइ चालक  दरैको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित  सेतीगङ्गा अस्पताल बेलचौतारा शनिबार बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घाईतेद्धय राना र कुमाल पोखरा स्थित जिएमसी अस्पतालमा उपचार भई घर फर्किएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button