कांग्रेसको देशभर बिरोध प्रदर्शन ‘देशको अस्तित्व खतरामा’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । देशका १ सय ६५ निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने निर्णय भएबमोजिम तनहुँको क्षेत्र नम्बर १ को दमौली र क्षेत्र नम्बर २ को भिमाद बजारमा बिरोध प्रदर्शन र सभा गरियो ।

बिरोध सभालाई सम्बोधन गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता प्रदिप पौडेल र केन्द्रिय सदस्य शंकर भण्डारी गृह जिल्ला आएका थिए । यहाँका स्थानिय तहमा निर्वाचित जनप्रतिनिधी पनि बिरोधसभामा सामेल भए । गाउँ गाउँबाट कांग्रेस समर्थक दमौली र भिमाद ओर्लिएका थिए । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशको अस्तित्व नै खतरामा पार्ने काम भईरहेको बताएका छन् । संसद विघटनको बिरोधमा दमौलीमा भएको तनहुँ क्षेत्र नम्बर १ को बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदमले देशको अस्तित्व नै खतरामा पार्ने काम भएको आरोप लगाए। उनले सविधान माथि बलत्कार गरि संसद विघटन गरेर चुनाव गर्ने घोषणा गरेपनि समयमा नै चुनाव नहुने समेत बताए ।

उनले भने,“संविधान विपरित संसद विघटन गरि चुनाव हुने घोषणा त भयो । के समयमा नै चुनाव हुन्छ ? चुनाव नभए देशमा कसले शासन गर्ने । ” तोकिएको समयमा चुनाव नभएमा यो देश पाकिस्तान जस्तै हिंसा अखण्डा बन्ने समेत उनले आरोप लगाए । ’देश र संविधान नै फाल्ने दुराशयले संसद् विघटन गरिएको छ’, उनले अघि भने, ’देशलाई भारत, चीन र अमेरिका लडाउने अखडा बनाउने ठूलो षडयन्त्र हुँदैछ।’ संसद विघटनको राष्ट्रको दुरगामी अहितका लागी भएको उनले बताए । ‘नेपाललाई पाकिस्तानको रुपमा पु¥याउन भयानक षडयन्त्र छ । यो षडयन्त्रको भण्डाफोर हुनुपर्दछ’, उनले अगाडी थपे, ‘षडयन्त्रकारीबाट देशलाई बचाउनुपर्दछ ।’ नेपाललाई युद्धभूमी बनाउने प्रपञ्चमा संसद विघट भएको उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेतापनि संविधानको संरक्षक भएको हिसाबले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने उनको धारणा छ । देश बिकास गर्न जनताले दुई तिहाई मत दिएर पठाएको प्रधानमन्त्रीले तमसा देखाएको बरिष्ठ नेता पौडेलको आरोप छ । अब चुनावमा जनतासंग भोट माग्ने हैसियत कम्युनिष्टसंग नभएको उनले बताए ।उनले सरकारले गर्दा राष्ट्रिय चरित्रको नास समेत भएको आरोप लगाए । नेता पौडेलले भने,“आज यो कम्युनिष्टले देशको चरित्रको नाश गराएको छ । राष्ट्रवादको नारा लगाउदाँ लगाउदै राष्ट्रको चरित्र माथि प्रश्न उठाउने काम यो सरकारले गरेको छ । ” त्यस्तै केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको अधिकारलाई खोसेर यस्तो कदम चाल्दा अहिले ठुलो दुद्र्यटना भएको बताए ।

उनले दुईतिहाईको सरकारले केही विकास पनि गर्न नसकेको समेत आरोप लगाए । पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले काँगे्रस चुनाव सँग नडराएको बताए । उनले भने, “ हामी चुवान सँग डराएको होईन तर तोकिएको समयमा चुनाव नहुनेमा डराएका हौं ।” पार्टीका नगरसभापति शान्तिरमण वाग्लेले चार महिनामा निर्वाचन नहुने दाबी गरे । उनले सरकारले गरेको अलोकतान्त्रिक कदम हट्नु पर्ने समेत बताए । राष्ट्रिय सभाका सदस्य प्रकाश पन्तले ओलीको हरेक कार्य असवैधानिक रहेको बताए । नेपाली काँगे्रस क्षेत्रिय समिति क्षेत्र नं १ का सभापति उदयराज गौलीको अध्यक्षतामा सम्पन्न उक्त विरोध कार्यक्रम गर्नु अघि दमौली बजारमा ¥याली निकालीएको थियो । नेता पौडेलले तनहँु क्षेत्र नं २ को विरोध सभालाई समेत सम्बोधन गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button