डेंगुबाट बाचौं र बचाऔं

दमौली खबर संवाददाता
चिसो मौसम सुरु भएपनि अझै डेंगुको प्रकोप रोकथाम हुन सकेको छैन । असोज १ देखि २३ गतेसम्म २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क डरलाग्दो  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा २३ गते सम्म म मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ । गत भदौ ३१ गतेसम्म १३ हजार सात जनामा डेंगु पुष्टि हुनुका साथै १३ जनाको मृत्यु भएको थियो । यो रोगलाई हेलच्याक्राई गर्नुहुँदैन । लामखुट्टेको बासस्थान मासेर रोगबाट आफू बच्ने र अरुलाई बचाउने कार्यमा लाग्नु जरुरी छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
 एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ । यस सुझावलाई मनन गरिनु पर्दछ । झुल टाँगेर सुत्न अल्छी नगर्ने, लामा बाहुला भएका कपडा लगाउने, घर वरपर पानी जम्न नदिने जस्ता कार्य गर्नुपर्दछ । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्ने गर्दछ । डेंगु रोग मानिसबाट मानिसमा सिधैं सर्दैन । सो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फुलदानी र गमला लगायतका स्थानमा यसले फुल पार्दछ । वर्षातको आगमनसँगै जताततै पानी जम्न थालेपछि सो रोगको संक्रमण फैलिने गर्दछ । डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने यो रोगको खोप तथा खास उपचार नभएकोले सर्तक हुनु उपयुक्त हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button