नेता जोशीद्धारा सोती परिवारलाई भेट गरी समवेदना व्यक्त

दमौली खबर संवाददाता
दमौली, असोज २५ ।
नेपाली काँग्रेस पूर्व सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी व्यास नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसको सो वडाका पूर्व सभापति एवं समाजसेवी स्वर्गीय बाबुराम सोतीको घरमा पुगी परिवारजनलाई भेटी समवेदना व्यक्त गर्नु भएको  छ । भेटमा नेता जोशीले सोती नेपाली कांग्रेसको निष्ठावान, त्यागी  नेता हुनुका साथै शिक्षा प्रेमी विकास प्रेमी तथा समाज सुधारक भएको चर्चा गदैृ उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । ‘उहाँको निधनले मैलै एक असल साथी गुमाएको महशुस गरेको छु’ नेता जोशीले भन्नुभयो ।  त्यस कार्यक्रममा केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, स्वतन्त्र अभियान्ताहरु हरिशरण पण्डित, कमलभक्त पोख्रेल, केशु गुरुङ, क्याप्टेन रेशमबहादुर गुरुङ, इन्जिनिनियर दिर्घबहादुर थापा लगायतले समवेदना व्यक्त गर्नु भएको थियो  । स्वर्गीय सोतीको श्रीमति, ५ छोरी र २ छोरा रहेका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button