चैत्र ६ गतेदेखि कक्षा ८ को व्यासमा नगर स्तरीय परीक्षा हुने

दमौली खबर संवाददाता

दमौली, फागुन ४

तनहुँको व्यास नगरपालिकामा आगामी चैत्र ६ गतेदेखि नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा सुरु हुने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ८ को नगर स्तरीय परीक्षा सो मितिबाट सुरु हुने निमिक्त नगर शिक्षा अधिकारी नविन पराजुलीले जानकारी दिनुभयो । चैत्र ६ देखि १४ गतेसम्म नगर स्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा संचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापन समितिको माघ २४ गते बसेको बैठकले चैत्र ६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको हो । सोही अनुसार रुटिङ समेत प्रकाशित भइसकेको छ । चैत्र ६ गते अंग्रेजी, ७ गते नेपाली, ८ गते विज्ञान तथा वातावरण, ९ गते सामाजिक अध्ययन र जनसंख्या, १० गते पेशा व्यवसाय र प्रविधि शिक्षाको परीक्षा हुने व्यास नपा शिक्षा तथा सामाजिक विकास शाखाका प्राविधिक सहायक किशोर वास्तोलाले बताउनुभयो । त्यस्तै १२ गते गणित, १३ गते स्वास्थ्य तथा शारीरिक शिक्षा÷नैतिक शिक्षा, १४ गते कम्प्युटर, मातृभाषा, स्थानीय विषय वा अन्य विषयको परीक्षा हुने जानकारी उनले दिए । परीक्षा बिहान १० बजेदेखि शुरु हुने नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button