गणित र विज्ञान शिक्षकको फागुन ७, ८ र ९ गते तालिम हुने

दमौली खबर संवाददाता

शैक्षिक सुधारको लागि तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका लागि तालिम दिने भएको छ । गणित र विज्ञान विषयका शिक्षकहरुको यही फागुन ७, ८ र ९ तालिम दिईने व्यास नगरपालिकाले जनाएको छ । अधिकांश विद्यार्थी ति विषयमा कमजोर भएकोले नतिजा सुधार गर्न तालिमको व्यवस्था गरिएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । सत्यवती माविको सभाहलमा उक्त तालिम हुने नगरापालिकाले जनाएको छ । प्रत्येक माध्यमिक तह सञ्चालन भएका विद्यालयहरुबाट गणित र विज्ञान विषय अध्यापन गर्ने १÷१ जना शिक्षकलाई विद्यालयको पत्र र पाठ्यक्रम सहित तालिममा सहभागी गराइ दिनुहुन आग्रह गरिएको नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नविन पराजुलीले बताउनुभयो । गणित र विज्ञान विषयका शिक्षकहरुलाई दक्ष र योग्य बनाउन तालिमले टेवा दिने विश्वास नगरपालिकाले लिएको छ । नगरपालिकाले एइइको नतिजा सुधार गर्नको लागि केही समय पहिला गणित, विज्ञान र अंग्रेजी विषयको नतिजा उपलब्ध गराउन पत्रचार समेत गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button