पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

दमौली खबर
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले कल्याणकारी कोषका लागि रु. ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट पोखरा सरुवा भएर जान लागेका पौडेलले महासंघ तनहुँ शाखाका अधयक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गरे । पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा आफुले सहयोग गर्न पाँउदा खुशी लागेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

आफ्नो कार्यकालमा जिल्लाभरका पत्रकारहरुको सधै साथ सहयोग पाएको मा सबैमा धन्यवाद तथा आभार ब्यक्त गरे । नेपाल पत्रकार महासंघ तनहुँकोे पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णयसँगै कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको थियो । अहिले कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button