क्षेत्री समाजद्धारा स्वास्थ्य सामग्री सहयोग

दमौली खबर संवाददाता
क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँले तनहुँका विभिन्न अस्पतालहरू लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को रोकथामका लागि सहयोग पुगोस भनेर आफूहरुले सहयोग गरेको क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारीले बताए । उक्त् सामग्री तनहुँका प्रमुख जिल्ला अधिकारि सागर आचार्य मार्फत जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर अधिकारीलाई बुझाइएको हो । स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले क्षत्री समाज नेपाल तनहुँ लाई धन्यवाद दिए ।

कोभिड १९ का कारण सिङ्गो देश आक्रान्त भइरहेको बेला त्यस सँग सम्बन्धित स्वास्थ्य सामाग्री सहयोग गरेर समाजले नमुना काम गरेको आचार्यले बताए । क्षेत्री समाज नेपाल तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले सामाग्री हस्तान्तरण गर्दै केही भए पनि सहयोग हुने हुँदा क्षत्री समाजका २५ जना सदस्यहरूवाट स्वस्फूर्त रूपमा रकम संकलन गरि सामाग्री ल्याइएको जानकारी दिए । समाजले यसअगाडि नैँ आफ्नो भवन निशुल्क रूपमा आइसोलेसनका लागि दिएको अधिकारीले बताए । स्वास्थ्य सामाग्रीमा मास्क सय थान, सेनिटाइजर सय थान, पिपि ३० थान र फेसिल सय थान गरि १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको क्षत्री समाज जिल्ला सदस्य एवं स्वास्थ्य सामग्री संकलन संयोजक रामचन्द्र अधिकारीले बताए ।

स्वास्थ्य सामग्री तनहुँको दमौली अस्पताल , ब्यासनगर आइसोलेसन, म्याग्देमा रहेको जामुने कोभिड अस्पताल, जिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बन्दिपुर अस्पताल, पुरनडिहि अस्पताल भानुको लागि सहयोग गरिएको क्षत्री समाज ब्यास नगर सभापति प्रेमबहादुर रावतले बताए । कार्यक्रममा केन्द्रीय सदस्य क्याप्टेन भरतबहादुर अधिकारी, चक्रबहादुर अधिकारी, नानुमाया बस्नेत, अर्जुन बहादुर अधिकारी, बिरेन्द्र अधिकारी , हरि कार्की, सारदा थापा अधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको पनि उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button