मनकारी सरिता एक हप्ता देखि संक्रमित र फ्रन्टलाइनरलाई खाजा खुवाउदै


राजेन्द्र परियार
दमौली
उहाँ हुनुहुन्छ व्यास ३ निवासी सरिता श्रेष्ठ । उहाँ नेकपा एमालेका नेता शंकरनारायण श्रेष्ठको श्रीमती हुनुहुन्छ । सरिता श्रेष्ठले गएको एक हप्ता देखि दमौली अस्पतालमा रहेका संत्रमितहरु, बिरामी कुरुवाहरु र फ्रन्टलाइनमा बसेर काम गरिरहेका डाक्टर, र्नस एबम् स्वास्थकर्मीलाई हरेक बिहानी र दिउसो खाजा नास्ता खुवाउदै आउनुभएको छ । यसरी अस्पतालमा संक्रमित र फ्रन्टलाइनरलाई खाजा खुवाउदै आउनुभएको खबर थाहा पाए पछि हामीले उहालाई सम्पर्क गर्यौ । सरिता भन्नुहुन्छ ” कोरोनाका कारणाले मैले आफ्नो बुवा गुमाए । संक्रमित र उहाँहरुलाई हेरचाह गर्ने व्यक्तिको पनि ख्याल गर्नु पर्र्यो “। मेरो बुवाको स्मृतीमा उहाँहरुलाई खाजा नास्ता खुवाएको हु । ” दैनिक ३० / ३५ जनालाई उहाँले खाजा नास्ता खुवाउदै आउनुभएको छ । हामीले उहांलाई सोघ्यौ के के खाजा नास्ता दिदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ हामीले बिहानमा चना, अण्डा, दुध, ब्रेड आदि र दिउसोमा समय अनुसारको खाजा दिदै आएका र्छौ । साच्चै नै श्रेष्ठले गर्नुभएको काम प्रति संक्रमित र फ्रन्टलाइनरहरु खुसी देखिन्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button