पिसिआर रिपोर्ट आउन ढिलाई

दमौली खबर संवाददाता
जिल्लाको भानु नगरपालिका वडा नं १ साँखेटारकी करिब २५ वर्षीया महिलाको दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । केही दिन अघि ज्वारो आएपछि भानुको पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालमा ती महिलाको अवस्था सुधार नभए पछि दमौली अस्पताल ल्याएर एक दिन उपचार गरियो । तर अझै ती महिलाको अवस्थामा सुधार नआएको भन्दै अस्पतालले उनलाई पोखरा रिफर ग¥यो । पोखरा जाने क्रममा बाटोमा एम्बुलेन्समै सोमबार साँझ ती महिलाको ज्यान गयो ।

पुरनडिही र दमौली अस्पताल दुवैमा गरिएको एन्टिजेन परीक्षणका क्रममा महिलाको रिपोट नेगेटिभ थियो । तर पनि कोभिड हुन सक्ने आशंकाकाबीच उनको पीसीआर नमूना परीक्षणका लागि पोखरा पठाइएको थियो । उनको स्वाब संकलन गरे पनि रिपोर्ट नआउँदै आफन्तले भानु १ को घाटमै ल्याएर राती अन्त्येष्टि गरेको स्थानियले जानकारी दिए । उनले भने‘ सबै अस्पताल धाउदै जाँदा पिसिआर रिर्पोटको नतिजा आएन । मान्छेको निधन भएर जलाएपछि रिर्पोट पोजेटिभ आयो ।’ दाहसंस्कार गरिसकेपछि रिपोर्ट पोजिटिभ आए पछि अन्त्येष्टिमा खटिएका झण्डै २५ आफन्त जोखिममा परेका छन् ।

उनले अघि भने ‘बिरामी मर्नु अघि नै रिपोर्ट आएको भए सैनिककै सहायतामा अन्त्येष्टि गरिन्थ्यो होला, यसरी सबै जोखिममा परिन्थेन ।’ दुई पटक एन्टिजेन रिपोर्ट नेगेटिभ अआएको ठानेर आफन्तले आफ्नै तरिकाले अन्त्येष्टि गरेको जानकारी पाएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनले अब अन्त्येष्टिमा खटिएकाको पनि पीसीआर परीक्षण गरिनुपर्ने भन्दै सुरक्षति रुपमा होमआईशोलेसनमा बस्न आग्रह गरेका छन् । पोखरा लगिएकी ती महिलाको बाटोमा ज्यान गए पछि आफन्तले एम्बुलेन्स नै घाटमा लगेर अन्त्येष्टि गरिएको थियो । पछिल्ला साता जिल्लामा कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ ।

जिल्लाबाट पठाइएका करीब ३ सय २२ को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । एक साता अघि देखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् । व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार व्यासका ७६, बन्दिपूरका ३१, आँबुखैरेनीका २९, देवघाटका २७, ऋषिङका १६ र घिरिङका ११ जनाको रिर्पोट आएको छैन ।

एक साता अघि पिसिआर परिक्षण गरेकी व्यास २ की एक महिलाले संङ्कमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा समयमा नै नआउँदा अन्योलमा रहेको बताईन् । उनले भनिन्, ‘पिसिआर परिक्षण गरेको एक साता भयो, आज सम्म पनि नतिजा आएको छैन । ’ उनले अघि थपिन्, ‘अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेको छ । तर समयमा नै नतिजा नआउँदा समस्या भएको छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button