तनहुँ समाज युएईमा सुदीप कार्की

तनहुँ समाज युएईले ‘हाम्रो तनहुँ हाम्रो शान, सहकारिता र सेवाको अभियान’ भन्ने नारासहित जुम मिटिङमार्फत दोश्रो अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको छ । युएईमा कोरोना संक्रमणका कारण जोखिम नमोलि जुम बैठक बाटै सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको तनहु सेवा समाज युएई का प्रवक्ता गणेश बस्नेत क्षेत्रीले जानकारी दिए । संरक्षक दीपक खड्काको प्रमुख आतिथ्यमा जुम बैठकमार्फत चयन गरिएको कार्य समितिको अध्यक्षमा सुदीप कार्की वरिष्ठ उपाध्यक्षमा कल्पना लामिछाने रिमाल, उपाध्यक्षमा कृष्ण सुनार र वसन्त थापा, महासचिवमा सुरिन भुजेल चयन भएका छन् ।

यसैगरी सचिवमा भुवन थापा मगर, प्रवक्तामा गणेश बस्नेत क्षेत्री, कोषाध्यक्षमा रमेश गोदार चयन भएका छन् । समाजका सह कोषाध्यक्षमा रमेश थापा, युवा संयोजकमा अमरराज पन्थी । समाजका केन्द्रीय सदस्यहरुमा अपील भट्टराई, नेत्र लामिछाने, सूर्य थापा, देवबहादुर शाही ठकुरी, ज्ञानबहादुर शाही, देवराज आले, पूर्ण बहादुर थापामगर, प्रदीप श्रेष्ठ, सीता पन्तर श्रृजना तामाङ महिला संयोजकमा विद्या ढकाल चयन भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button