दमौली बजारमा नक्कली मदिरा , कर कार्यालयको छापा

दमौली खबर संवाददाता
फागुन १५, दमौली । कतै तपाईंपनि मज्जा मानी–मानी खुकुरी रम भनेर नक्कली रक्सी त पिउनु भएको त छैन? दमौली बजारमा नक्कली रक्सी बिक्री वितरण हुने गरेको खुलेको छ। आन्तरिक राजश्व कार्यालय तनहँुले विशेष अप्रेसनका क्रममा नेपाली चर्चित ब्रान्डका नक्कली रक्सी बिक्री हुने गरेको खुलेको
हो ।
विहिबार कर कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहँुको समन्वयमा व्यास ३ मा रहेको तनहँु वाईन सपमा छापा हानेको थियो ।
छापाको क्रममा नेपालमा चर्चित नामको रुपमा रहेको खुकुरी रम नामक रक्सी नक्कली भेटिएको हो । श्रीराम खनालको नाममा दर्ता भएको उक्त पसल बलभद्र खनालले सञ्चालन गदै आईरहेका थिए । छापाको क्रममा नक्कली रक्सी भेटिएपछि उक्त पसललाई शिलबन्दी गरिएको आन्तरिक राजश्व कार्यालय तनहँुका प्रमुख सुर्यप्रसाद सेढाईले जानकारी दिए ।


उनले भने, “बिशेष सुचनाको आधारमा छापा हान्दा नक्कली मदिरा फेला परेको हो । ”खुकुरी रम नामक रक्सीमा आन्तरिक राजश्व विभागको नक्कली स्टिकर लगाइएको भेटिएको उनले बताए । नक्कली स्टिकर सँगै नक्कली रक्सी पनि हुन सक्ने उनको अनुमान छ । उनले भने “छापाको क्रममा भेटिएको रक्सी बरामद गरिएको छ भने पसललाई शिलबन्दी गरिएको छ ।” प्रयोगशाला बाट नक्कली रक्सी हो कि होईन भनि थाहा पाउन सकिने उनले बताए । उक्त पसलको गोदाम व्यास ४ मा र व्यास ३ स्थित फलफुल लाईनमा विक्री गर्ने पसल रहेको थियो । उक्त नक्कली रक्सी उत्पादन गर्ने कम्पनीको खोजी गर्न प्रहरीलाई जिम्मा लगाईने उनले बताए । उक्त रक्सी अन्य व्यापारीले भन्दा सस्तोमा बेच्ने गरेको पाईएको मा आंशका गरि छापा हानिएको थियो । उक्त पसललाई अन्तर शुल्क र मद्यिरा ऐन अनुसार कारबाही गरिने प्रमुख सेढाईले बताए । यसैक्रममा व्यास १ भादगाउमा रहेको एक मद्यिरा गोदममा पनि कर कार्यालयले छापा हानेको थियो । छापाको क्रममा क्ुनै पनि नक्कली मद्यिरा नभेटिएको कर कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button