थपिए २८ संक्रमीत

तनहुँमा एकै साथ थप २८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार व्यासमा १६, भिमादमा ८, शुक्लामा ३, आँबु र बन्दिूरम एक÷एक जना संक्रमीत थपिएका छन् । व्यासमा ८ ÷८ जना महिला र पुरुष संक्रमीत थपिएका छन् । त्यस्तै शुक्लामा एक महिने बालिका, तीन वर्षको बालक र एक महिला थपिएका छन । भिमादमा पाँच पुरुष र तीन महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आँबुमा १२ वर्षीय पुरुष र बन्दिपूरमा ५७ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय तनहँुमा शिक्षित व्यक्तिहरुबाटै चरम लापरवाही गर्दा कोरोनाको संक्रमणले भयावह रुप लिएको जानकारहरु बताउँछन्। कोरोनालाई सामान्य सम्झेर चरम लापरवाही गर्नेहरुमा निजि तथा सरकारी चिकित्सक, नेकपा र कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, पत्रकार, व्यापारी र सर्बसाधारणहरु छन्। शिक्षित व्यक्तिबाटै नै विश्व स्वास्थ्य संगठनको नियम विपरित चरम लापरवाही गर्न थालेपछि उनीहरु संक्रमित भएर अस्पताल र होम क्वारेनटाइनमा बसेका छन्।

पिसिआर परीक्षण गरि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा सहभागि भएका छन । लापरवाही गर्नेहरु नै पछिल्लो समय संक्रमित हुने गरेका छन्। शिक्षित व्यक्तिहरुकै लापरवाहीले गर्दा कोरोना नियन्त्रणमा थप चुनौति थपेको सरोकारवालाहरु बतान्छन् । सबैले स्वास्थ्य प्रटोकल अनुसार नियम पालना गरे कोरोना नियन्त्रणमा थप सहज हुने उनिहरुको भनाई छ। यस्तै नेकपा कांग्रेस र राप्रपा तनहँुले पनि जिल्लामा चरम लापरवाही गर्दै माक्स नलगाएर र सामाजिक दुरी कायम नगरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश गराई रहेका छन्। सामाजीक दुरी कायम नगरि बढाईको भीडभाडका कारण कोरोना संक्रमितहरुको संख्या वृद्धि भएको विज्ञहरु बताउँछन्। सरकराले भीडभाडलाई नियन्त्रण गर्न नसकेका कारण भयावह स्थिति सिर्जना गरेको विज्ञहरुको भनाई छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button