वि.पि विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको भेला सम्पन्न

बि.पि विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको भेला सम्पन्न भएको छ । समाजले भर्चुअल मार्फत गरिएको कार्यक्रमको प्रमुख अतिथि बि.पि विचार राष्ट्रिय समाजका केन्द्रिय अध्यक्ष के.बि गुरुङ रहेका थिए । कार्यक्रममा बोल्दै उनले कांगे्रसले सहि बाटो नहिडेको हुनाले आज वि.पिको सिद्धान्तलाई छोडेर राज्य संचलानमा सत्ताको मोहले पार्टी हिडेको हुदाँ आफु जस्ता जिउँदो शहिदहरु टुलुटुलु हेरे बस्नु पर्ने अवस्था आएको बताए । उनले भने, ‘म कस्तो हु भने बि.पी भारतमा निर्वाचित जिवन बिताउदाँ म लगायतका केही साथीहरुलाई नेपाल जाने, मलाई मार्यो भने वि.पि नेपाल नजाने र मारेन भने वि.पि नेपाल आउने सर्तमा नेपाल पठाईयो ।

म लगायतका साथीहरुलाई जेल चलान गरियो, मलाई सरकारले मार्ने निर्णय गर्यो त्यस बखत मेरो श्रीमतीलाई नरुने सर्तमा मलाई भेटन् लगाईयो कारणबस म र मेरा साथीहरु त्यो रात बाँच्न सफल भयौ । त्यसपछि काँगे्रसको संगठनमा सबै लागेर आज सम्म पार्टीलाई बलियो बनाएका थियौ । ’ उनले थपे,‘पटकपटक सत्ता सम्मालन सफल भएका थियौ, तर आज पार्टीले म जस्ता मान्छेलाई पार्टीको बैठकमा नबोलाएर, पार्टी भित्र असुहाउदो मान्छे राखेकाले आज काँगे्रसको स्थिती कमजोर रहेको छ । ’ त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका पूर्व सह–महामन्त्री एवंम् समाजका केन्द्रीय सह–सभापति गोविन्दराज जोशीले पार्टीले राष्ट्रियता समाजवाद र प्रजातन्त्रलाई छोडेर सहकार्य, सहमती र एकतालाई अघि सारेको कारण काँगे्रस धाराशाहीमा पुगेको आरोप लागए ।

उनले भने,‘पार्टीको सिद्धान्तमा राष्ट्रियता, समाजवाद र प्रजातन्त्र भनेको जनता हो । तर अहिले पार्टीले लिएको निति सहकार्य र सहमति र एकता भनेको सत्ताको लागि बनेको निति हो । ’ उनले थपे,‘सिद्धान्त र सहमति भनेको फरक पाटो हो, त्यसैले पार्टीले सिद्धान्त छोडेर सत्ता रोजेको हुनाले असल काँगे्रसहरुलाई बिर्सिएर पार्टीको संगठनमा नलागेका व्यक्तिहरुलाई नेतृत्वमा ल्याएको हुनाले आज काँगे्रस सिलो खोज्नु पर्ने स्थिती आएको छ । ’कार्यक्रमका मुख्य प्रशिक्षक प्रा.डा रामचन्द्र पोख्ररेलले काँगे्रसलाई बलियो पारनको लागि बि.पिका आधारभूत सिद्धान्तहरुलाई मनन गरि पार्टी अगाडी बढ्यो भने मात्र देशमा फेरी पार्टीको लहर छाउने बताए । त्यस्तै समाजका सदस्य एवंम् वरिष्ठ अधिवक्ता चिरिन्जीबि शर्माले पार्टीलाई आर्थीक र सामाजिक हिसाबले कान्ती गरि युवाहरुलाई परिचालनमा ल्याई स्वरोजगार सम्बन्धीको वातावरण सिर्जना गर्न सके पार्टीको लागि भलो हुने बताए ।

कार्यक्रममा बोल्दै समाजका महासचिव विनयध्वज चन्द, उपमहासचिव रामबहादुर गुरुङ, नेपाल महिला संघ केन्द्रिय महासचिव धना खतिवडा, गण्डकी प्रदेशको सबै जिल्लाका सभापतिहरु, केन्द्रिय सदस्यहरुले आ–आफना कुरा राखेका थिए । अधिकांश वक्ताहरुले पार्टीमा असल काम गर्ने नेताहरुलाई कारबाही गर्न नहुने भन्दै कारबाही फिर्ता नलिएमा तनहँुमा दुई हजार कार्यकर्ताले पार्टी बाट राजिनामा दिने कुरा आएको बताउर्दै समान्य कुरा नरहेको भन्दै केन्द्रिय कार्यसमितिमा आउँदो वैठकमा बुलन्द आवाज उठाउने चेतवानी दिएका छन् । समाजका प्रदेश सभापति खगेन्द्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा समाजका सचिव परशुराम गिरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन नेपाल महिला संघ केन्द्रिय सदस्य एवंम् नेपाली काँगे्रस महाअधिवेशन प्रतिनिधि चिनु पोख्ररेलले गरेकी थिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button