लकडाउनले व्यास नगरपालिकाको १६ करोड फ्रिज हुने

दमौली खबर संवादाता
जेठ ३२ दमौली

तनहँुको व्यास नगरपालिकाको चालु वर्षको १६ करोड बजेट फ्रिज हुने सम्भावना देखिएको छ । शुक्रबार व्यास नगरपालिका र सञ्चारकर्मीहरु बीच भएको छलफलमा उक्त कुराको जानकारी दिईएको हो। छलफलमा बोल्दै नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले चालु वर्ष२०७५÷७६ को कुल बजेटमा १६ करोडको हाहारीमा बजेट फ्रिज हुने बताए । लकडाउनले गदाई खर्च हुने शिषर््ाकमा राखिएका बजेट खर्च हुन नसकेको उनले बताए ।नगरपालिकाको कुल एक अरब ४४ करोडमा बाट उक्त रकम फ्रिज हुने भएको हो । त्यस्तै छलफलमा बोल्दै नगरप्रमुख न्यौपानेले विगतको भन्दा अबको आर्थीक वर्ष २०७७÷७८ को बजेट घट्ने बताएका छन् । आर्थीक वर्ष २०७७÷७८ को लागि एक अरब २७ करोडको हारहारीमा बजेट आउने उनले बताए । उनले भनेर्, बजेट विगतको भन्दा घट्ने सन्र्दभ रहेको छ भने, राजश्व पनि यस वर्ष घटेको छ । ’ त्यस्तै यस वर्ष सरकारले कृषि र स्वास्थ्यलाई प्राथमिकता दिईएको हुदाँ नगरपालिकाले पनि कृषि क्षेत्रमा प्राथमिकता दिदै बजेट तयार पारिने उनले बताए । यसैबीच नगरपालिकाले कोरोना परिक्षणको लागि दुई सय वटा किट् खरिद गरेको उनले जानकारी दिए । कोभिड–१९ को नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्ने क्रममा क्वारेन्टिनमा रहेका व्यक्तिको पीसीआर परीक्षणमा गर्दा किट अभाव भए पटि नगरपालिकाले आफैले किनेको उनले बताए । त्यस्तै तनहुँ जिल्लाका स्थानीय तहको संयुक्त लगानीमा कोरोना भाइरस संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्ने उपकरण खरिद गर्न लागिएको पनि उनले बताए ।

त्यस्तै हाल सम्म. व्यास नगरपालिकाका सत्यवतिमा ५० जना, निर्मलमा ४० आदिकविमा ९६ र मर्दशामा १९ जना व्यक्ति क्वारेन्टाईनमा रहेको जनाईएको छ । छलफलमा बोल्दै पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायले मिडिया हाउस लकडाउनको बेलामा संकटमा परेका हुनाले राहत उपलब्ध गराउन नगरपालिकालाई अनुरोध गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button