एकैदिन तीन पालिकामा थपिए १८ संक्रमीत

तनहँु जिल्लाको तीन पालिकामा एकैदिन १८ कोरोना संक्रमीत थपिएका छन् । कोरोना सङ्क्रमणमुक्त बनेको ऋषिङ गाउँपालिकामा ११, शुक्लागण्डकी नगरपालिकामा ६ जना र व्यास नगरपालिकामा एक जना सङ्क्रमित थपिएका हुन् । । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६ र ८ का ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ऋषिङ गाउँपालिका–२ का १८, २०, २६, ५२, ऋषिङ गाउँपालिका–३ का ३८, ऋषिङ गाउँपालिका–४ का २०, ऋषिङ गाउँपालिका–५ का २२, २८, १९, ऋषिङ गाउँपालिका–६ का २० र ऋषिङ गाउँपालिका–८ का ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये दुई जना बाहिरबाट आएका हुन् भने एक जना जनप्रतिनिधि र बाँकी सबै स्थानीय हुन् । ऋषिङ गाउँपालिकाका ७ सय ४१ जनाको स्वाब परीक्षण गरिएकामा ४८ जना सङ्क्रमित भएका थिए । सबै जना निको भएर घर पनि गइसकेका थिए । त्यस्तै शुक्लागण्डकी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, वडा नम्बर ६ का ४० वर्षीय पुरुष र १० वर्षीया बालिका , वडा नम्बर ११ का २३ वर्षीय पुरुष र वडा नखुलेका २४ र ३४ वर्षको पुरुषलाई संक्रमणको पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई जना आर्मी र प्रहरी रहेको खुलेको छ ।

आर्मी, प्रहरी, होमक्वारेन्टिनमा बसेका र समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएका श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटारका ३४ वर्षीय पुरुष, गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण तनहुँका २४ वर्षीय पुरुष, होम क्वारेन्टिनमा रहेका शुक्लागण्डकी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, वडा नम्बर ६ का ४० वर्षीय पुरुष, वडा नम्बर ११ का २३ वर्षीय पुरुषमा सङक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । त्यस्तै व्यास नगरपालिका ४ का २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमीतको कुल संख्या तीन सय ५४ पुगेको छ । जसमा दुई सय ३१ जना निको भई घर फर्किएका छन् भने एक सय १९ जना उपचारत छन् ।

ऋषिङमा एक साताका लागि लकडाउन

यसै बीच एकै दिन ११ जनामा संक्रमण देखिएपछि ऋषिङ गाउँपालिकाले एक साताका लागि लकडाउन जारी गरेको छ । लामो समयपछि सोमबार एकैचोटि धेरै जनामा संक्रमण देखिएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबारबाट असोज ५ गतेसम्म एक साताका लागि लकडाउन जारी गरेको हो । गाउँपालिकाले यस अवधिमा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा नल्याउने निर्णय गर्दै नागरिकलाई गाउँपालिका क्षेत्रभित्र अनावश्यक हिंडडुल नगर्न अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले बताए । विद्यालय खुलाउने तयारीमा रहेको गाउँपालिकाले विद्यालयसहित बैंक तथा वित्तिय संस्था आदि सबै बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सार्वजनिक यातायात सेवा पनि एक साताका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button