उज्यालोका लागि टुकी र मैनीबत्तीको भर थियो, अब बिजुली बल्यो

टुकी र मैनीबत्तीको उज्यालोमा रातहरु बित्थे । भनेको समयमा मट्टीतेल र मैनबत्ती पाइँदैनथ्यो । अनि अध्यारोमै हुन्थ्यो भात भान्सा । पछि सोलार आयो । गाउँका सबैले जडान गर्न सकेनन् । बिजुलीको उज्यालोमा बस्ने सपना बुनेका इमानसिं परियारको ईच्छा बल्ल पूरा भएको छ । जिल्लाको ग्रामिण भेगमा रहेको घिरिङ गाँउपालिका वडा नं २ काठेकोट गाँउमा विद्युत पुगेपछि स्थानीयहरु खुशी भएका छन् । ‘गत वर्ष पोलमात्रै गाडिएको थियो । अब कहिले बिजुली आउँला र उज्यालोमा बस्न पाइएला भन्ने थियो । त्यो सपना पनि पूरा भयो’, घिरिङ गाँउपालिका वडा नं २ का स्थानिय इमानसिं परियारले भने, ‘टुकी बालिन्थ्यो । अब बिजुली बालिन्छ ।’

विकट बस्तीमा उज्यालो पु¥याउने योजनाको आधारमा सा गाँउको ४२ घरधुरीमा बिजुली पुगेको गाँउपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । ‘यो क्षेत्रमा बिजुली पु¥याउन जटिल थियो । तर, हामीले त्यो जटिल काम पनि सम्पन्न गरेका छौैँ’, उनले भने, ‘जनताको अनुहारमा खुशी देख्न पाउँदा हामी पनि उत्साहित भएका छौँ ।’ गाँउपालिकाको केही क्षेत्रमा मात्रै बिजुली थियो । स्थानीय सरकार बनेपछि काठेकोटमा पहिलोपल्ट बिजुली पुगेको हो । गाँउपालिको बजेट मार्फत विद्युतीकरण उपभोक्ता समितिले समन्वयमा विद्युत जडानको काम गरिएको छ । केही समय अघि मात्रै सोही वडाको माहोरकोटको ५९ घरधुरीले बिजुली बाल्न पाएका थिए ।

सोमबार बेलुका मात्रै काठेकोटमा मुसिनाकामा विद्युत वालिएको हो । यो संगै अब वडा न. १ को पुटार अत्रौली,वैडी, भन्टार लगायतमा पनि बिजुली पु¥याउने काम सुरु भएको छ ।‘पाँच बर्षे कार्यकालमा वडाका सबै बस्तीमा बिजुली पु¥याउने संकल्प थियो । त्यो संकल्प मध्य आधाकाम पूरा भएको छ । वडा नं १मा पनि विद्युत पुग्छ’ गाँउपालिका अध्यक्ष रानाले भने । उनका अनुसार सो वडामा पनि एक सय ३२ घरधुरीमा मिटर बक्स जडान कार्य भईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button