लागुऔषध सहित चार युवा पक्राउ

जिल्लाको आँबुखैरेनी गाउँपालिकाबाट लागुऔषध सहित बिहीबार चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा सिर्जनाचोक बस्ने १८ वर्षीय कुशल सुनार, स्याङ्जा घर भई हाल सोही ठाउँ बस्ने वर्ष २८ को रोशन गुरुङ, गोरखा घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीया पूजा गुरुङ र कास्कीको पोखरा महानगरपालिका ८ बस्ने ३९ वर्षीय सुरज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुग्लिङबाट आबुखैरेनीतर्फ पैदल आउँदै गरेका चार युवालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले निजहरुको साथबाट ३२४० ग्राम गाँजा बरामद गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button