चोरीको मोटरसाइकल धमाधम पक्राउ पर्दै

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चेकजाँचको क्रममा चोरी गरी ल्याएको मोटरसाइकल फेला पारी संम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । बर्दिया घर भएका २५ बर्षीय बिवेक रेग्मीको बा ९१ प ५०३७ नम्बरको मोटरसाइकल फेला परेपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो । गत असार महिनामा पृथ्वीराजमार्ग अन्र्तगत व्यासनगरपालिका–२ स्थित बुल्दीखोला नजिक सवारी चेकजाँच गर्ने क्रममा लु ४३ प ७६ ९३ नम्बरको बुलेट मोटरसाइकल चलाएर आएका व्यक्तिसंग बिलबुक माग्दा नदिएपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक इन्चार्ज रेशम रानाभाटले बताए ।

बिलबुक घरमा छुट्यो जरिवाना काट्नु भनेपछि जरिवाना काटिएन् उनले भने, ‘मोटरसाइकल छाडेर गएपछि सम्पर्कमा नआएपछि अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चोरीको भएको भेटिएको हो ।’ उक्त मोटरसाइकलमा नम्बर प्लेट नै परिवर्तन गरी चलाएको शंका लागि नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा रेग्मीको भएको देखिएकोले कार्यालयमा बोलाएर प्रदान गरिएको हो । त्यसैगरी गत साउन १२ गते पृथ्वीराजमार्ग अन्र्तगत व्यासनगरपालिका–१२ स्थित घाँसीकुवाँमा सवारी चेकजाँच गर्ने क्रममा प्रदेश २–०३–००–६ प ९६ को नम्बर १५० सिसिको पल्सर मोटरसाइकल चलाएका व्यक्तिले बिलबुक दिन नसकेपछि प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको उक्त मोटरसाइकलको अनुसन्धान गर्दै जाँदा मध्यपुर थिमी –९ बस्ने सुदीप थापाको रहेकोले निजलाई बोलाएर हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलको सक्कली नम्बर प्लेट प्रदेश ३–०२–०१२ प ४१६१ रहेको भेटिएको छ । चोरीका दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित मोटरसाइकल धनीलाई हस्तान्तरण गरिसकिएको छ । उहाँले भन्नुभयो ‘अझै केहि मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेकोले अनुसन्धान कार्य भैरहेको छ ।’

पछिल्लो समय मोटरसाकल चोरीका घट्नाहरु बढ्दै गएको अवस्थामा सवारी चेकिङ कार्यलाई कडाई गर्न थालिएपछि चोरीका मोटरसाइकलहरु धमाधम पक्राउ पर्न थालेको तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । सवारी चेकिङ कार्यलाई निरन्तरता र कडाई गरिएको छ । उनले भने ‘यस अभियानले चोरीका घट्नामा न्यूनिकरण आउने बिश्वास गरिएको छ ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button