तयार भयो आँँबुमा आईसोलेसन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाह्र शैय्याको आइसोलेसन कक्ष तयार भएको छ ।

पछिल्लो समय कोभिड–१९ को संक्रमण समुदायस्तरमा समेत बढ्दै जानथालेपछि उपचारको लागि सहज बनाउने उद्देश्यले आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

आँबुखैरेनी–३ तल्लोबजार स्थित शिवालय मन्दिर नजिकै गाउँपालिकाले केहि बर्ष अघि निर्माण गरेको सार्वजनिक भवनलाई प्रयोग गर्ने गरी आइसोलेसन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दिनानुदिन समुदायस्तरमा बढ्दै गएको अवस्थामा आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए तत्कालै उपचारको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकामा नै आफनै आइसोलेसन कक्ष भएपछि कोरोना संक्रमितहरुले पारिवारिक बातावरणको अनुभूति गर्न पाउने छन्् । उनले भने, ‘यहि आइसोलेसन कक्ष भएमा उपचारमा छटो र आफन्तजनले रेखदेख गर्न समेत सहज हुने बिश्वास गरेका छौ ।’

साना तिना कुरामा पनि अरुको मुख ताक्नुपर्ने प्रवृत्तिलाई न्यूनिकरण गर्दै आफ्नो खुट्टामा आफै उभिन सक्ने गरी सक्षम बन्न आवश्यक देखिएको अध्यक्ष थापाले बताए । उनले आफनै आईसोलेसन भएपछि संक्रमीतलाई अन्यत्र पठाउनु पर्ने बाध्यता हटेको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button