बिपन्न परिवार खोज्दै,सहयोग जुटाउँदै : २३ घरपरिवारलाई खाद्यन्न बितरण 

 

तनहुँ,१६ चैत्र तनहुँको व्यास युवा क्लब संञ्जाल र सामाजिक युवा अभियान्ता दमौलीको सक्रियतामा जिल्लाको व्यासनगरपालिका–१२ कमलबारी स्थित घर्ति,दलित र तामाङ बस्तीमा रहेका २३ परिवारलाई आइतबार खाद्यन्न सहयोग गरिएको छ । जिल्लाको सदरमुकाम दमौलीका युवा सुनिल घिमिरे,सुरेश घिमिरे,श्याम मौरती,सन्तोष गोदार र पोखरा निवासी अर्जुन केसीको सहयोगमा प्राप्त भएको उक्त खाद्यन्न एक कार्यक्रमका बीच बस्तीमा पुगेर बितरण गरिएको हो । व्यास युवा क्लब संञ्जालका अध्यक्ष गौरब पन्थ र सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मीभक्त खनालले संयुक्त रुपमा एक घरपरिवारलाई एक बोरा चामाल हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ लाई मध्यनजर गर्दै गत मंगलबार देखि लकडाउन गरेपछि ज्यालादारी गरी खाने परिवारलाई हात मुख जोर्न समस्या परेकोले खाद्यन्न सहयोग गरिएको सामाजिक युवा अभियान्ता दमौलीका सल्लाहकार लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । बिपन्न परिवार पहिचान गरी खाद्यन्न सहयोग गरिएको हो । उहाँले भन्नुभयो । हुनेले नहुनेलाई जति सकिन्छ,त्यति दिएर सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अभियान नै चलाइएको हो । सो अवसरमा नन्दिमाया घर्ति, भिमबहादु घर्ति, पूर्ण बहादुर घर्ति, गोरे घर्ति, पुन्टे कामी, हर्क तामाङ,ललित तामाङ, सोमबहादुर तामाङ, मिलन तामाङ, नबे घर्ति, बिकास घर्ति,मनिसा सुनार, रुन्ची घर्ति,अजित घर्ति,कल्पना परियार,मिरा परियार,मधु परियार,श्रीमाया गुरुङ,कान्छी गुरुङ लगायतका परिवारलाई खाद्यन्न सहयोग गरिएको हो । उक्त अभियान अन्र्तगत घिमिरे द्धयबाट आठ बोरा,मौरतीबाट पाँच बोरा,गोदारबाट पाँच र केसीबाट पाँच बोरा गरी २३ बोरा चामल संकल भएको हो ।

आर्थिक क्षेत्रबाट पिछाडिएका उक्त बस्तीमा थोरै भएपनि राहात प्रदान गर्दा अन्य व्यक्तिलाई पनि सहयोग गर्न प्रोत्साहन मिल्ने बिश्वास गरिएको व्यास युवा क्लब संञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थले बताउनुभयो । यस आपतकालीन अबस्थामा सबै काम ठप्प हुदा, दैनिकी काम गरेर कमाए खाना पाउने नत्र भोको बस्नुपर्ने बाध्यता रहेको त्यस बस्तीका परिवारहरुको लागि लक्षित गरी खाद्यन्न सहयोग गरिएको हो । उहाँले भन्नुभयो । ‘खाना नपाएकालाई सहयोग गर्ने हाम्रो अभियान अनुरुप बिपन्न परिवार पहिचान गरी उनीहरुलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।’ उक्त संस्थाको सहयोगमा शनिबार नै व्यासनगरपालिका–१० निवासी एकल महिला प्रमिला बुढा मगरलाई एक थान ग्याँस र व्यासनगरपालिका–४ बागभञ्ज्याङ निवासी मिना परियारलाई एक बोरा चामल वितरण गरेको थियो । भोको पेट बसेकालाई यस अभियान मार्फत खाद्यन्न पुराउन सहयोग गर्नुहुने सहयोगी हातहरुलाई उक्त द्धय संस्थाले हार्दिक आभार समेत व्यक्त गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button